बूढानीलकण्ठ,  जेष्ठ ०२ गते ।  बूढानीलकण्ठ नगरपालिकामा जेष्ठ ०२ गते आईतबार ६७ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ३३ जना महिला र ३४ जना पुरुष रहेको जनाइएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र ५२७ जना महिला र ६०१ जना पुरष गरी कुल ११२७ जनामा संक्रमण देखिएको  छ ।

नगरपालिकामा सक्रिय संक्रमित ५३३ छन् । सक्रिय संक्रमित मध्य ४८५ जना होम आईसोलेसनमा छन् भने  २३ जना पुरुष र २५ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

हाल सम्म कोरोनाबाट ५९० जना (२८३ महिला र ३०७ जना पुरुष) संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो चौविस घण्टामै ११३ जना निको भएको जानकारी प्राप्त भएको छ । यस संगै नगरपालिकामा निको भएको दर ५२.३० प्रतिशत रहेको छ ।

बूढानीलकण्ठमा कोभिड-१९ संक्रमणबाट ५ जना(३ महिला र २ पुरुष)को मृत्यु भईसकेको र बालबालिकालाई समेत संक्रमण देखीएको छ ।

नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन नगरपालिकाले अपिल गरेको छ ।

जेष्ठ ०२ गते आईतबारको वडागत विवरणः

वडा नं ०१ मा शुन्य संक्रमित

वडा नं ०२ मा (३४,३७,४७,४७ वर्षिया) ४ महिला र (५३ वर्षिय) १ पुरुष,

वडा नं ०३ मा (५५ वर्षिया) १ महिला,

वडा नं ०४ मा (३१ वर्षिया) १ महिला र (३३,४० वर्षिय) २ पुरुष,

वडा नं ०५ मा (४९ वर्षिया) १ महिला,

वडा नं ०६ मा शुन्य संक्रमित,

वडा नं ०७ मा (२१,४६ वर्षिया) २ महिला र (२३ वर्षिय) १ पुरुष,

वडा नं ०८ मा (१६,५२ वर्षिया) २ महिला र (३६,६५,७४ वर्षिय) ३ पुरुष,

वडा नं ०९ मा (१६,३२,४२ वर्षिया) ३ महिला र (२३,३०,३५,४५,४६,६४ वर्षिय) ६ पुरुष,

वडा नं १० मा (१५,२१,२७,३२,३५,३६,३८,३०,४३,४८,४८,६०,७२ वर्षिया) १५ महिला र (६,१४,२८,३०,३२,३४,३७,३७,३८,४२,४७,५१,५३ वर्षिय) १३ पुरुष,

वडा नं ११ मा (३०,३९ वर्षिया) २ महिला र (१६,१७,२०,४४ वर्षिय) ४ पुरुष,

वडा नं १२ मा (३६,४६,५० वर्षिया) ३ महिला र (२४,५२ वर्षिय) २ पुरुष,

वडा नं १३ मा (३२ वर्षिया) १ महिला ।

हाल सम्मको कोभिड-१९ संक्रमण विवरणः

वडा नं ०१ मा १३ महिला र २३ पुरुष,

वडा नं ०२ मा ३५ महिला र ३९ पुरुष,

वडा नं ०३ मा २९ महिला र ४१ पुरुष,

वडा नं ०४ मा ४१ महिला र ४६ पुरुष,

वडा नं ०५ मा २२ महिला र १७ पुरुष

वडा नं ०६ मा ३० महिला र ४१ पुरुष,

वडा नं ०७ मा ३२ महिला र २९ पुरुष,

वडा नं ०८ मा ६८ महिला र ८२ पुरुष,

वडा नं ०९ मा ५२ महिला र ५७ पुरुष,

वडा नं १० मा ११० महिला र १३०  पुरुष,

वडा नं ११ मा ३६ महिला र ५० पुरुष,

वडा नं १२ मा ४९ महिला र ४३ पुरुष र

वडा नं १३ मा १० महिला र ३ पुरुष गरी कुल ११२८ जना संक्रमित भएका छन् ।

नगरपालिका वडा नं १० मा संक्रमण तुलानत्मक हिसाबले बढ्दो क्रममा रहेको पाईएको छ । यस वडामा मात्रै २४० जना (११० महिला र १३० पुरुष) संक्रमित भएका छन् ।

महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा ‘कन्ट्याक्ट ट्रेसिङ’ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।

प्रतिकार्य टोलिबाट ‘कन्ट्याक्ट ट्रेसिङ्ग’को  लागी संक्रमित व्यक्तिहरुलाई सम्पर्क गर्न खोज्दा प्राय व्यक्तिहरु सम्पर्कमा नआएको र यसले गर्दा स्थिति नियन्त्रण गर्न अजहज भईरहेकोले संक्रमित व्यक्तिहरु सम्पर्कमा आउनुहुन टोलिले अनुरोध गरेको छ ।

नगरपालिकामा जेष्ठ ०२ गते देखी कोभिड-१९ विरुद्धको चिनियाँ भेरोसेल (दोस्रो मात्रा) खोप अभियान सञ्चालन भएको छ । आज मात्रै १११६ जनाले खोप लगाएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय