बूढानीलकण्ठ , जेष्ठ ०२ गते । बूढानीलकण्ठ नगरपालिकामा चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु भएको पहिलो दिनमै १११६ जनाले खोप लगाएका छन् । खोप लगाउने मध्य ७२४ जना पुरुष र ३९२ जना महिला रहेको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
खोप केन्द्र श्री गणेश मा.वि. मा मात्र ५९६ जना ( ३८० पुरुष र २१६ महिला) र बालउद्धार मा.वि. बाट ५२० जना ( ३४४ पुरुष र १७६ महिला)ले खोप लगाएका छन् ।
आज लगाईएको खोप २०७७ चैत्र २५, २६, २७ र २८ गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि मात्र थियो ।
चिनियाँ भेरोसेल (दोस्रो मात्रा) खोप अभियान अन्तर्गत नगरपालिकाको श्री गणेश मा.वि. र बालउद्धार मा.वि. गरि दुई वटा खोप केन्द्रबाट खोप लगाउन सुरु भएको छ ।
नगरपालिकामा आईतबार बिहान १० बजे देखी खोप अभियान सुरु भएको हो । जेष्ठ ०२ गते देखि सुरु भएको अभियान जेष्ठ १० गते सम्म बिहान १० बजे देखि ४ बजे सम्म सञ्चालन हुने छ ।
जेष्ठ ०३ गते सोमबार लगाईने खोप २०७७ चैत्र २९ र ३० गते पहिलाे मात्रा भेराेसेल खाेप लगाएकाहरूका लागि मात्र हुने जानकारी जनस्वास्थ्य महाशाखाले दिएको ।