बूढानीलकण्ठ नगरपालिकामा चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु भएको छ ।

नगरपालिका अन्तर्गत रहेको श्री गणेश मा.वि. र बालउद्धार मा.वि. मा आईतबार बिहान १० बजे देखी खोप अभियान सुरु भएको हो । जेष्ठ ०२ गते देखि सुरु भएको अभियान जेष्ठ १० गते सम्म बिहान १० ब‍जे देखि ४ बजे सम्म सञ्चालन हुने छ ।

तस्विरः खोप केन्द्र , श्री गणेश मा.वि.(गणेश चोक)

नगरपालिकाको वडा नं १ देखि ७ सम्मका वासिन्दाहरुले वडा नं. २ गणेश चोक स्थित श्री गणेश मा.वि र वडा नं ८ देखी १३ सम्मका वासिन्दाहरुले वडा नं १०, कपन(मिलन चोक) स्थित श्री बालउद्धार मा.वि. मा कोभिड-१९ बिरुद्धको खोप (चिनियाँ भेरोसेल दोस्रो मात्रा) लगाईरहेका छन् ।

काेभिड विरूद्धकाे दाेस्राे चरणकाे खाेप अभियान अन्तर्गत जनस्वास्थ्यका मापदण्डहरू पालना हुने गरि  १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरूले खोप लगाईरहेका छन् । मापदण्डहरु पालना हुने गरी खोप केन्द्रको व्यवस्थापनका लागी नगरपालिकाबाट स्वास्थ्यकर्मि, कर्मचारी, नगरप्रहरी लगायत स्वयंसेविहरु खटाईएको छ ।

तस्विरः खोप केन्द्र, बाल उद्धार मा.वि.(कपन)

आईतबार खोपकेन्द्रको स्थिति निरिक्षण गर्न नगर प्रमुख उद्धव प्रसाद खरेल, उप प्रमुख रमा देवि राई, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कि, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहाल, जनस्वास्थ्य अधिकृत प्रतिमा खरेल र उपमा दहाल लगायत सम्बन्धित कर्मचारीहरु उपस्थित थिए ।

कोभिड-१९ महामारीको गम्भीर चपेटामा परेका बेला नेपालमा खोप अभियानसमेत केही सातायता अवरुद्ध बनिरहेको थियो । देशको बिभिन्न जिल्लाहरुमा संक्रमण बढ्दो अवस्थामा रहेको र निकै संख्यामा मृत्युसमेत व्यहोर्नु परेको अवस्था कायम रहेको खण्डमा बैशाख १६ गते देखी स्थगित रहेको खोप अभियान पूनः सुचारू गरिएको हो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय