बूढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। आज थपिएका संक्रमित मध्ये ४० जना महिला र ५१ जना पुरुष रहेका छन्।
आजको थप संक्रमित सँगै नगरपालिकाभित्र हालसम्मको संक्रमित संख्या १००१ पुगेको छ।
वैशाख ३० गते बिहिबारको वडागत विवरणः
वडा नं ०१ मा (३२ वर्षिय ) १ पुरुष ,
वडा नं ०२ मा (३२, ४२, ७१ वर्षिय) ३ पुरुष,
वडा नं ०३ मा (२७, ३९ वर्षिया) २ महिला,
वडा नं ०४ मा ( ४४, ४९, ६३, ६३ वर्षिया) ४ महिला र (७, ३०, ३२, ७३ वर्षिय) ४ पुरुष,
वडा नं ०५ मा ० सङ्क्रमित,
वडा नं ०६ मा (२१, ४६ वर्षिया) २ महिला र (१०, १८, ४०, ४४, ५२ वर्षिय) ५ पुरुष,
वडा नं ०७ मा (४५ वर्षिया) १ पुरुष,
वडा नं ०८ मा (२५, २५, २६, २७, ३०, ३०, ५४, ६९ वर्षिया) ८ महिला र (१२, २१, २३, २६, २७, ३१, ३७, ४७, ७४ वर्षिय) ९ पुरुष
वडा नं ०९ मा (३२, ३६, ५०, ६० वर्षिया) ४ महिला र (३२, ३४, ५९, ६१, ६५ वर्षिय) ५ पुरुष,
वडा नं १० मा (२७, ३१, ३२, ३२, ३८, ३८, ४४, ४८, ५०, ५४, ६७ वर्षिया) ११ महिला र (५, १५, २७, २९, २९, ३०, ३३, ३७, ४५, ४६, ४८, ५९, ६० वर्षिय) १३ पुरुष,
वडा नं ११ मा (३६ वर्षिया) १ महिला र (५, २२, २४, २९, ३५, ४२, ४२ वर्षिय) ७ पुरुष,
वडा नं १२ मा (१४, २३, २७, ३७, ४१, ७२, ७५ वर्षिया) ७ महिला र (१४, ४७, ७९ वर्षिय) ३ पुरुष,
वडा नं १३ मा (२५ वर्षिया) १ महिला ।
प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणबाट मुक्त भएका छन् जसमा ३२ जना महिला र ४२ जना पुरुष रहेका छन्। यो सँगै नगरपालिकाभित्र कोरोनाबाट २०२महिला र २२८ जना पुरुष गरि कुल ४३० जना संक्रमणबाट मुक्त भइसकेका छन् । हालसम्मको तथ्याङ्क अनुसार कोरोना मुक्त हुने दर ४२.९६ पुगेको छ।
नगरपालिकाभित्र कोरोना (दोस्रो लहर) बाट मृत्यु हुने संख्या पाँच पुगेको छ जसमध्ये ३ महिला र २ पुरुष रहेका छन् । यसरी नगरपालिकामा मृत्यु दर ०.५५ पुगेको छ।
नगरपालिका भित्र २६९ जना महिला र २९७ जना पुरूष गरी कुल ५६६ सक्रिय सक्रंमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ५१७ जना सेल्फ होम आईसोलेसनमा रहेका छन् भने कुल ३९ जना अस्पतालमा उपचाररत रहेका छन्।