वैशाख ३१ गते देखि नगरभित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरूले कार्यालय मार्फत दिने सेवा प्रवाहलाइ स्थगित गर्न अपिल गरिएकाे छ । सम्पर्क व्यक्ति ताेकि अथवा सम्भव भएसम्म प्रविधिकाे माध्यमबाट बैकल्पिक रूपमा अतिआवश्यक वित्तिय सेवा प्रवाह गर्नहुन जानकारी गराइन्छ ।
निषेधाज्ञा अवधिभर घर दैलाैमा गइ बचत संकलन गर्ने कार्य हाललाइ पूर्ण रूपमा स्थगन गर्नुपर्ने छ । गैर वित्तय सेवा प्रवाह गर्ने सहकारी संघ संस्थाहरूले (खाद्यान्न, तरकारी, दुध आदि )भाैतिक दुरी तथा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरि सुरूक्षित रूपमा वस्तु तथा सेवा प्रवाह गर्न सक्नु हुनेछ ।
अभाैतिक माध्यमकाे प्रयाेग गरि संस्थाका सदस्यहरूमा महामारी संक्रमण राेकथामका लागी आवश्यक स्वास्थ्य मापदण्डकाे र निषेधाज्ञाकाे पालना गर्नका लागि सचेतना फैलाउनका साथै, सदस्यहरूसँग नियमित सम्पर्कमा रहि उनीहरूलाइ परेकाे समस्या बारे जानकारी लिइ नगरपालिकासँग समन्वय गरी सदस्य तथा समुदायकाे स्वास्थ्य सेवामा सहजीकरण गर्नुहुन सहकारी संस्थाहरूलाइ आग्रह गरिन्छ ।