बूढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। आज थपिएका संक्रमित मध्ये ३६ जना महिला र ३८ जना पुरुष रहेका छन्।
आजको थप संक्रमित सँगै नगरपालिकाभित्र हालसम्मको संक्रमित संख्या ९१० पुगेको छ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुको वडागत विवरणः
वडा नं ०१ मा २२ वर्षिय एक पुरुष,
वडा नं ०२ मा ३१ र ४८ वर्षिया दुईजना महिला र ३१, ४५ वर्षिया दुईजना पुरुष,
वडा नं ०३ मा १२, २६, २७ वर्षिया तीनजना महिला र १६, ३०, ४१, ४५ वर्षिया छजना पुरुष,
वडा नं ०४ मा २७, ३५, ३६, ३८, ७२ वर्षिया पाँचजना महिला र ३५ वर्षिया एक पुरुष,
वडा नं ०५ मा ५७ वर्षिया एक महिला
वडा नं ०६ मा ५४ वर्षिया एक महिला र २६,३७,४१, ६०, ६८ वर्षिया पाँचजना पुरुष,
वडा नं ०७ मा २५, ३७,३१, ४२,५४,५५ वर्षिया छजना महिला र २०,५५, ७२ वर्षिया तीनजना पुरुष,
वडा नं ०८ मा १२, २०,२४, ६४ वर्षिया चारजना महिला र ५,२३,४३, ४५,४७,६६ वर्षिया छजना पुरुष,
वडा नं ०९ मा ३, २१, ३८, ४० वर्षिया चारजना महिला र ३०, ३५, ४८,७० वर्षिया चारजना पुरुष,
वडा नं १० मा ९, १४,२३, २४, २९, ४०, ४१ वर्षिया छजना महिला र १२, २६, ३८, ४८, ५५ वर्षिया पाँचजना पुरुष,
वडा नं ११ मा ३९ वर्षिया एक महिला र २५, २६, ३६ वर्षिय तीनजना पुरुष,
वडा नं १२ मा ४२, ५२ वर्षिया दुईजना महिला र ५, ४६, ५० वर्षिय तीनजना पुरुष,
वडा नं १३ मा शुन्य संक्रमित
प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा ४३ जना संक्रमणबाट मुक्त भएका छन् जसमा २१ जना महिला र २२ जना पुरुष रहेका छन्। यो सँगै नगरपालिकाभित्र कोरोनाबाट १७० महिला र १८६ जना पुरुष गरि कुल ३५६ जना संक्रमणबाट मुक्त भइसकेका छन् । हालसम्मको तथ्याङ्क अनुसार कोरोना मुक्त हुने दर ३९.१२ पुगेको छ।
आज थप दुईजना संक्रमितको मृत्यु भएको छ। यो सँगै नगरपालिकाभित्र कोरोना (दोस्रो लहर) बाट मृत्यु हुने संख्या पाँच पुगेको छ जसमध्ये ३ महिला र दुई पुरुष रहेका छन् । यसरी नगरपालिकामा मृत्यु दर ०.५५ पुगेको छ।
नगरपालिका भित्र २६१ जना महिला र २८८ जना पुरूष गरी कुल ५४९ सक्रिय सक्रंमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ५१७ जना सेल्फ होम आईसोलेसनमा रहेका छन् भने कुल ३२ जना अस्पतालमा उपचाररत रहेका छन्।
हाल सम्मको कोभिड-१९ संक्रमण विवरणः
वडा नं ०१ मा ११ महिला र २० पुरुष,
वडा नं ०२ मा २९ महिला र २८ पुरुष,
वडा नं ०३ मा २५ महिला र ४० पुरुष,
वडा नं ०४ मा ३४ महिला र ३१ पुरुष,
वडा नं ०५ मा २१ महिला र १६ पुरुष
वडा नं ०६ मा २८ महिला र ३६ पुरुष,
वडा नं ०७ मा ३० महिला र २४ पुरुष,
वडा नं ०८ मा ५८ महिला र ६८ पुरुष,
वडा नं ०९ मा ४४ महिला र ४२ पुरुष,
वडा नं १० मा ८० महिला र ९८ पुरुष,
वडा नं ११ मा ३० महिला र ३५ पुरुष,
वडा नं १२ मा ३७ महिला र ३५ पुरुष र
वडा नं १३ मा ७ महिला र ३ पुरुष गरी कुल ९१० जना संक्रमित भएका छन् ।