बूढानीलकण्ठ, बैशाख २८ गते ।  बूढानीलकण्ठ नगरपालिकामा मंगलबार जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ३७ जना महिला र ५४ जना पुरुष रहेको जनाएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र ३९८ जना महिला र ४३८ जना पुरष गरी कुल ८३६ जनामा संक्रमण देखिएको  छ । संक्रमित मध्य ३ जनको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार  नगरपालिका भित्र २४६ जना महिला र २७४ जना पुरूष गरी कुल ५२० सक्रिय सक्रंमित व्यक्तिहरू रहेका छन् जस्मा ४९३ जना होम आईसोलेसनमा छन् भने  १३ जना पुरुष र १४ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

हाल सम्म कोरोनाबाट  जना (१४९ महिला र १६४ जना पुरुष) संक्रमणबाट मुक्त भएका छन् । आज मात्रै ३१ जना (१३ महिला र १८ पुरुष) संक्रमणबाट मुक्त भएको जानकारी प्राप्त भएको छ ।

बूढानीलकण्ठमा कोभिड-१९ संक्रमणबाट ७३ बर्षिया वृद्दा सहित थप ३ जना महिलाको मृत्यु भईसकेको र बालबालिकालाई समेत संक्रमण देखीए संगै नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन नगरपालिकाले अपिल गरेको छ ।

बैशाख २८ गते मंगलबारको वडागत विवरणः

वडा नं ०१ मा (५३,५४ वर्षिया) महिला र (११,२८,३४,३८,४३,४३,६० वर्षिय) पुरुष,

वडा नं ०२ मा (२५,२८,२९,३३,३३,५०,६४,८९ वर्षिया) महिला र (३३,३४,४९ वर्षिय) पुरुष,

वडा नं ०३ मा (१२,४०,६४,६६,६७ वर्षिया) महिला र (६,१६,२४,३६,४५,५०,६७,७३ वर्षिय) पुरुष,

वडा नं ०४ मा (१०,२०,२१ वर्षिया) महिला र (२५,३० वर्षिय) पुरुष,

वडा नं ०५ मा (९,४०,४६ वर्षिया) महिला र (४९ वर्षिय) पुरुष,

वडा नं ०६ मा (२६,३२,४४,५७ वर्षिया) महिला र (२४,३४,३६,५६ वर्षिय) पुरुष,

वडा नं ०७ मा (४२ वर्षिया) महिला र (५२,५५ वर्षिय) पुरुष,

वडा नं ०८ मा (९,३०,३५ वर्षिया) महिला र (१२,२५,३२,३४,४९,६७ वर्षिय) पुरुष,

वडा नं ०९ मा (३६ वर्षिया)  महिला र (३१,३७ वर्षिय)  पुरुष,

वडा नं १० मा (२७,३७,४५ वर्षिया)  महिला र (२१,२६,३४,३६,३७,३८,३९,४०,४९,५२ वर्षिय) १० पुरुष,

वडा नं ११ मा (११,२६,६९ वर्षिया) महिला र (५,२०,२२,५८ वर्षिय) पुरुष,

वडा नं १२ मा (१८ वर्षिया)  महिला र (२०,३८,५३ वर्षिय)  पुरुष,

वडा नं १३ मा (२७ वर्षिय) पुरुष।

हाल सम्मको कोभिड-१९ संक्रमण विवरणः

वडा नं ०१ मा ११ महिला र १९  पुरुष,

वडा नं ०२ मा २७ महिला र २६ पुरुष,

वडा नं ०३ मा  २२ महिला र ३६ पुरुष,

वडा नं ०४ मा  २९ महिला र ३० पुरुष,

वडा नं ०५ मा  २० महिला र १६ पुरुष

वडा नं ०६ मा  २७ महिला र ३१ पुरुष,

वडा नं ०७ मा  २४ महिला र २१ पुरुष,

वडा नं ०८ मा  ५४ महिला र ६२ पुरुष,

वडा नं ०९ मा ४० महिला र २८ पुरुष,

वडा नं १० मा ७३ महिला र  ९२ पुरुष,

वडा नं ११ मा २९ महिला र  ३२ पुरुष,

वडा नं १२ मा ३५ महिला र  ३२ पुरुष र

वडा नं १३ मा   ७ महिला र ३ पुरुष गरी कुल ८३६  जना संक्रमित भएका छन् ।

संक्रमित मध्य वृद्ध देखि २० बर्ष भन्दा मुनि लगायत २०-४८ बर्ष नाघेका व्यक्तिहरु रहेको र २ बर्षको बालिका र ३ बर्षको बालकमा पनि संक्रमण देखिएको  जानकारी  प्राप्त भएको छ ।

नगरपालिका वडा नं १० मा संक्रमण तुलानत्मक हिसाबले बढ्दो क्रममा रहेको पाईएको छ । यस वडामा मात्रै १६५ जना (७३ महिला र ९२ पुरुष) संक्रमित भएका छन् ।

महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा ‘कन्ट्याक्ट ट्रेसिङ’ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।

जनस्वास्थ्य महाशाखाको समन्वयमा नेपाल रेडक्रस सोसाईटि काठ्माडौं र ‘युनिसेफ(UNICEF)’ को सहयोगबाट नगरपालिकाका हरेक वडामा व्यक्तिगत सरसफाई समाग्री ‘हेल्थ किट’ वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय