वैशाख २७ गते, साेमबार नगरपालिका भित्र थप १०१ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ४६ जना महिला र ५५ जना पुरुष रहेको जनाइएको छ । 

आज मात्रै १०१ जनामा संक्रमण पुष्टि भएसंगै नगरपालिकामा संक्रमित संख्या ३६१ महिला र ३८४ पुरुष सहित कुल ७४५ पुगेको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार  नगरपालिका भित्र २२३ जना महिला र २३८ जना पुरूष गरी कुल ४६१ सक्रिय सक्रंमित व्यक्तिहरू रहेका छन् जस्मा ४३६ जना होम आईसोलेसनमा छन् भने  १३ जना पुरुष र १२ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

हाल सम्म नगरपालिकामा कोभिड-१९ बाट निको हुने संख्या २८२ ( १३६ महिला र १४६ पुरुष) रहेको छ ।  आज मात्रै ३३ जना (१५ महिला र १८ पुरुष) संक्रमणबाट मुक्त भएको जानकारी प्राप्त भएको छ ।

 नगरभित्र कोभिड-१९ काे संक्रमण बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन अपिल गरिन्छ ।

वैशाख २७ गते साेमबारको वडागत विवरणः

वडा नं ०१ मा (१०, २६ वर्षिय) २ महिला र (५, ३२, ४२, ५६ वर्षिय ) ४ पुरुष ,

वडा नं ०२ मा (२७, २७ वर्षिय) २ पुरूष,

वडा नं ०३ मा  (४६, ७० वर्षिय) २ महिला र (१८, ३५, ४९, ५० वर्षिय ) ४ पुरुष ,

वडा नं ०४ मा ( ४, २३, ३९, ५४ वर्षिय) ४ महिला र  (३०, ३७, ६१, ६४, ७२ वर्षिय) ५ पुरुष,

वडा नं ०५ मा ( १७, १७, १८, ४०, ५०, ५७, ७७ वर्षिय) ७ महिला, र  (१०, २६, ४३ वर्षिय) ३ पुरुष,

वडा नं ०६ मा (३३, ५३ वर्षिय) २ महिला र  (१४, ३०, ३०, ३७, ४५, ६४ वर्षिय) ६ पुरुष,

वडा नं ०७ मा (२६, २९ वर्षिय) २ महिला र  (९, ४२, ४३, ५९, ६२ वर्षिय) ५ पुरुष,

वडा नं ०८ मा (१८, २६, ३८, ४६, ५२, ६०, ६२, ९३ वर्षिय) ८ महिला र (३०, ४१, ४६, ४७, ४९, ५२ वर्षिय) ६ पुरुष

वडा नं ०९ मा (३३, ४७, ४२, ६१ वर्षिय) ४ महिला र (५, ३१, ३३, ३३, ३५, ४०, ४८, ५७, ६२, ७१ वर्षिय) १० पुरुष,

वडा नं १० मा (१०, १५, ३६, ३८, ४३, ५४, ६८, ७६, ८१ वर्षिय) ९ महिला र (१०, ३६, ३७, ३८, ५०, ६३, ७० वर्षिय) ७ पुरुष,

वडा नं ११ मा (३७, ३५, ५६ वर्षिय) ३ महिला र (१, २७, २७ वर्षिय) ३ पुरुष,

वडा नं १२ मा (२७, ३७ वर्षिय) २ महिला,

वडा नं १३ मा (३७ वर्षिय) १ महिला । 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय