![](https://budhanilkantha.news/wp-content/uploads/2021/01/chisini-1.jpg)
बूढानीलकण्ठ नगरपालिका वडा ०५ चिसेनीमा ‘फूड फेस्टिवल २०७७’ सम्पन्न भएको छ। नगरपालिकाको चर्चित पर्यटकिय स्थलको रुपमा चिनिएको चिसेनीमा भएको फूड फेस्टिवलको यो दोस्रो संस्करण हो। आउदै गरेको २८५७ औ लाङ सोनाम ल्होसारको उपलक्षमा बाक्लो तामाङ बस्ति रहेको चिसेनी हाईटको आईतबारे पार्कमा उक्त फेस्टिवल आयोजना गरिएको हो।
तामाङ जातिको मौलिक भेषभुषा, खानेकुराको परीकार तथा तामाङ संस्कृति झल्काउन, आन्तरीक तथा बाह्य पर्यटकलाई भ्रमणको लागि आकर्षित गराउन र वडा ५ मा महिला समुह द्वारा सुरु गरिएको होम् स्टेको प्रचार गर्न फुड फेस्टिवल आयोजना गरीएको जानकारी आयोजक समुहका सदस्य तथा वडा ५ महिला सदस्य हेप्सिवा तामाङले दिनुभएको छ।
फेस्टिवलमा फापरको ढिंडो, फुलाउरा, गुन्द्रुकको अचार, सुकुटि, मकै, भटमास आदि खानेकुराहरु लगायत तामाङ जातिका मौलिक लुगा तथा बस्तुहरुको स्टल राखिएको थियो।
चिसेनी महिला समुहको आयोजना तथा चिसेनी युवा कल्बको ब्यवस्थापनमा आयोजित फूड फेस्टिवल २०७७ को प्रमुख अतिथीको रुपमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित भएका थिए। साथै बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,सिता लामा ,बुढानिलकण्ठ नगरपालिका उप मेयर रमा देवि राई, वडा नं २ अध्यक्ष राजेन्द्र खड्का, वडा नं ३ सदस्य बिमला न्यौपाने, वडा नं ५ का वडा सदस्य हेप्सिवा तामाङ, श्याम ठकुरी , वद्रि दुलाल, बुढानीलकण्ठ नेकपा कमिटि सचिव प्रदिप डंगोल , बिभिन्न क्लबका सदस्य, राजनितिक दलका कार्यकर्ताहरु, स्थानिय तथा पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो।