बैशाख २६, बूढानीलकण्ठ ।  बूढानीलकण्ठ नगरपालिका प्रशासनिक भवनको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मदन भण्डारी फाउण्डेसन अन्तर्गतको मदन भण्डारी रक्त सञ्चार कोषको आयोजना र नेपाल रेडक्रस सोसाईटि ब्लड बैंकको सहकार्यमा भएको रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन भएको छ ।

दोस्रो लहर कोभिड-१९ महामारीले निम्त्याएको निषेधाज्ञाको अवस्थामा रक्तबैंकमा रगत अभाव हुन नदिने लक्ष्यका साथ आईतबार बूढानीलकण्ठ नगरपालिका प्रशासनिक भवनको प्राङ्गणमा मदन भण्डारी फाउण्डेसन बूढानीलकण्ठ नगर कमिटिले कोभिड-१९ महामारीको अवस्थालाई ध्यानमा राख्दै आवश्यक ‘प्रोटोकल’ अपनाएर आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

यस रक्तदान कार्यक्रममा प्रदेश ३ प्रमुख सचेतक तथा मदन भण्डारी फाउण्डेसन काठमाडौं जिल्ला कमिटि अध्यक्ष देिपक निरौला, मदन भण्डारी रक्तसञ्चार कोष संयोजक प्रदिप डंगोल,  मदन भण्डारी फाउण्डेसन बूढानीलकण्ठ नगर कमिटि अध्यक्ष कैलाश खड्का, बूढानीलकण्ठ मंदिर व्यवस्थापन समिति उपाध्यक्ष प्रकाश श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रतिनिधी, समाज सेवि लगायत नगरपालिका कर्मचारीहरुको उपस्थिति थियो ।

यस रक्तदान कार्यक्रम टोखा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका लगायत उपत्यकाका अन्य नगरपालिकाहरुमा पनी संचालन गर्ने लक्ष्य फाउण्डेसनको रहेको मदन भण्डारी फाउण्डेसन काठमाडौं जिल्ला कमिटि अध्यक्ष देिपक निरौला जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय