बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाको समन्वयमा नेपाल रेड क्रस सोसाईटि र ‘युनिसेफ(UNICEF)’ को सहयोगबाट नगरपालिकाका सबै वडाहरुमा व्यक्तिगत सरसफाईका समाग्री ‘हेल्थ किट’ वितरण गरिएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार उक्त ‘हेल्थ किट’ वडाले निर्धारण गरेका कोभिड-१९ बाट संक्रमित भएका प्रति घर, गरिब तथा अति बिपन्न, शारीरिक अस्वस्थ व्यक्ति, डेरामा बस्ने परिवार लगायत ज्येष्ठ जागरिक र बालबालिकाहरुलाई लक्षित गरी वितरण गर्न लागिएको हो ।

यस हेल्थ किटमा ‘थर्मोमिटर’ १ थान, स्यानिटाईजर २ थान, कीटाणुनाशक ’Disinfectant’ १ थान, ‘क्लोरीन’ १ थान, ‘मास्क’ ५० थान, भाँडा माझ्ने साबुन १ थान, ‘Temperature Sheet’ १ थान, ‘Sponge’ १ थान र ‘All Kit set in One Pouch’ १ थान  रहेका छन् ।

 

नगरपालिकामा दोस्री लहरको कोभिड-१९ महामारी बढ्दो अवस्थामा रहेकोले नगरवासिहरुलाई व्यक्तिगत लगायत आफ्नो वरीपरी सरसफाई गरी स्वास्थ्य मापदण्ड अपमनाउन ‘हेल्थ किट’ले मद्दत पुर्याउने भएकोले यसको वितरण कार्य सुरु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय