वैशाख २३ गते, बिहिबार नगरपालिका भित्र थप ६६ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ३३ जना महिला र ३३ जना पुरुष रहेको जनाइएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र १६६ जना महिला र १६५ जना पुरष गरी कुल ३३१ सक्रिय सक्रंमित व्यक्तिहरू रहेका छन् जसमा ३१६ जना होम आईसोलेसनमा छन् भने  ८ जना पुरुष र ७ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

 नगरभित्र कोभिड-१९ काे संक्रमण बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन अपिल गरिन्छ ।

वैशाख २३ गते साेमबारको वडागत विवरणः

वडा नं ०१ मा (३४ वर्षिय) १ महिला र (३९ वर्षिय ) १ पुरुष ,

वडा नं ०२ मा (२५, ६६ वर्षिय) २  महिला र  (२५, ४२ वर्षिय) २ पुरुष,

वडा नं ०३ मा (४३, ५९ वर्षिय) २  महिला र  (६७, ७० वर्षिय) २ पुरुष,

वडा नं ०४ मा ( ३८ वर्षिय) १  महिला र  (१९, ३७, ४०, ५२ वर्षिय) ४ पुरुष,

वडा नं ०५ मा ( २१, ४९ वर्षिय) २  महिला र  (५० वर्षिय) १ पुरुष,

वडा नं ०६ मा (३० वर्षिय) १ महिला र  (१६, २९ वर्षिय) २ पुरुष,

वडा नं ०७ मा (७, २२, ३५, ४७, ५७ वर्षिय) ५ महिला र  (५७ वर्षिय) १ पुरुष,

वडा नं ०८ मा (२७, ३८, ४९ वर्षिय) ३ महिला र (२५, ३४, ४७ वर्षिय) ३ पुरुष

वडा नं ०९ मा (२६, २८, ४४, ५६ वर्षिय) ४ महिला र (२३, ३१, ३३ वर्षिय) ३ पुरुष,

वडा नं १० मा (२५, ३३, ३८, ४३, ४३, ४४, ५८, ५८ वर्षिय) ८ महिला र (३, १२, १२, १५, २४, ३२, ४३, ५८, ६१, ६३ वर्षिय) १० पुरुष,

वडा नं ११ मा (१९ वर्षिय) १ महिला र (३० वर्षिय) १ पुरुष,

वडा नं १२ मा (९, ६३ वर्षिय) २ महिला र (४१, ५१ वर्षिय) २ पुरुष,

वडा नं १३ मा (३६ वर्षिय) १ महिला र (३७ वर्षिय) १ पुरुष । 

संक्रमित मध्य २० बर्ष भन्दा मुनिका ७ जना, २० देखि ५० वर्ष उमेर समूहका ३३ जना र ६० देखि ६० वर्ष उमेर समूहका ६ जनामा संक्रमण देखिएको जानकारी  प्राप्त भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय