बूढानीलकण्ठ नगरपालिका वडा नं २, बाँडेपाखा स्थित बि.एम.सी.ए विद्यालयमा २० बेड सहितकाे निःशुल्क आइसाेलेशन सेन्टर तयार भएकाे छ । आवश्यक्ता अनुसार सेन्टरमा थप १० वटा बेडकाे व्यवस्था गरिने छ ।
सेन्टरमा १ चिकित्सक, १ स्टाफ नर्स र १ प्यारामेडिककाे टाेली रहकाे छ । साे टाेलीलाइ १५ दिन खटाइने छ र १५ दिन क्वारेन्टिनमा राखिने छ । क्वारेन्टिनमा पश्चात काेभिड टेस्ट गरि नेगेटिभ देखाइसके पछि मात्रै उहाँहरूलाइ पुनः आइसाेलेशन सेन्टरमा खटाइने छ । यसका साथै नियमित खानपिन, दिनकाे २ पटक सरसफाइ र २४ अै घण्टा सेवाका लागि सहायक कर्मचारी समेत खटाइएकाे छ ।
आइसाेलेशन सेन्टरमा वैशाख २४ देखि संचालन गर्ने याेजना रहेकाे छ ।
आइसाेलेशन सेन्टरमा कसरी भर्ना हुने ?
१. काेभिड टेस्ट पाेजेटिभ आएकाे २४ घण्टा भित्रमा सम्बन्धित वडा कार्यलयलाइ सुचित गराउनु पर्ने छ । वडा कार्यालयसँग सम्पर्क हुन नसकेकाे खण्डमा याहाँहरूले जनस्वास्थ्य महाशाखामा पनि सम्पर्क गर्न सक्नु हुने छ ।
२. जनस्वास्थ्य महाशाखामा काेभिड टेस्ट पाेजेटिभ आएकाे रिर्पाेट प्राप्त हुने बित्तिकै Contact Tracing गरिने छ ।
३. आइसाेलेसनमा भर्ना हुनका लागि फारम भराइने छ र Screening गरिने छ । (Screening मा सामान्यतः बिरामीकाे अवस्था हेरी आइसाेलेशन सेन्टरमा उपलब्ध जनशक्ति तथा आवश्यक स्वास्थ्य उपकरणहरूद्वारा सेवा सुविधा प्रदान गर्न सकिने नसकिने जाँच गरिने छ ।)
४. साे पश्चात वडाबाट सिफारिश भइ आइसाेलेशन सेन्टरमा अथवा आइसाेलेशन सेन्टरकाे सुविधा अपुग हुने भएमा नेपाल सरकारले ताेकेकाे अस्पतालमा पठाइने छ ।
नगरभित्र डेरा बस्नु भएकाे अथवा आफ्नै घर भएतापनि अपर्याप्त श्राेत र ठाँउका कारणले सेल्फ आइसाेलेसन मापदण्ड पुरा गर्न नसक्ने व्यक्तिहरूलाइ आइसाेलेशन सेन्टरमा राखिने छ । याँहा २ वटा अक्सिजन सिलिन्डरकाे पनि व्यवस्था रहेकाे हुँदा भर्ना भइसकेका बिरामीहरूलाइ सास फेर्न गाह्राे भएमा अक्सिजन पनि उपलब्ध गराइने छ ।
तर, वडा कार्यालय तथा जनस्वास्थ्य महाशाखासँग सम्पर्कमा नआइ घरै बसेकाे र सास फेर्न गाह्राे भएपछि मात्र सम्पर्कमा आउनु हुने व्यक्तिहरूलाइ आइसाेलेशन सेन्टरमा राखिने छैन ।
परामर्श तथा सहयाेगकाे लागि बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा, मेडिकल अधिकृत डा अन्कित पाैडेल लाइ ९८४९ ६४ ९६ ४४ वा जनस्वास्थ्य अधिकृत उपमा दाहाललाइ ९८४३ ६३ १२ २७ मा सम्पर्क गर्न सक्नु हुने छ ।