बूढानिलकण्ठ, बैशाख २१ गते ।  बूढानीलकण्ठ नगरपालिकामा निषेधाज्ञाको छैठौँ दिन मंगलबार ६५ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ३२ जना महिला र ३३ जना पुरुष रहेको जनाएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र १६३ जना महिला र १७८ जना पुरष गरी कुल ३४१ जनामा संक्रमण देखिएको  छ जस्मा २२२ जना होम आईसोलेसनमा छन् भने  ६ जना पुरुष र ५ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

हाल सम्म कोरोनाबाट १०७ जना (५१ महिला र ५६ जना पुरुष) संक्रमणबाट मुक्त भएका छन् ।

बूढानीलकण्ठमा कोभिड-१९ संक्रमणबाट ७३ बर्षिया वृद्दाको मृत्यु भईसकेको र बालबालिकालाई समेत संक्रमण देखीए संगै नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले अपिल गर्नु भएको छ ।

बैशाख २१ गते मंगलबारको वडागत विवरणः

वडा नं ०१ मा (०९ वर्षिया) १ महिला,

वडा नं ०२ मा (५० वर्षिया) १ महिला र (२२,२७,५७) ३ पुरुष,

वडा नं ०३ मा (२८,३१ वर्षिया) २ महिला र (३३ वर्षिय ) १ पुरुष,

वडा नं ०४ मा (१५,३५,४०,४७,४८ वर्षिया) ५ महिला र (१९,२३,२४,५३,५५ वर्षिय ) ५ पुरुष,

वडा नं ०६ मा (५५ वर्षिया) १ महिला र (२७,३०,३६,६४ वर्षिय) ४ पुरुष,

वडा नं ०७ मा (२१,३२ वर्षिया) २ महिला र (३१,४०,५३ वर्षिय) ३ पुरुष,

वडा नं ०८ मा (२३,२५,३१,४७,४९,५४ वर्षिया) ६ महिला र (८,२३,२८,३३,५५,६५ वर्षिय) ६ पुरुष,

वडा नं ०९ मा (२८,५१ वर्षिया) २ महिला,

वडा नं १० मा (१९,२०,२३,२८,२९,३६,३८,६० वर्षिया) ८ महिला र (१४,१९,३२,३७,४९,५२ वर्षिय) ६ पुरुष,

वडा नं १२ मा (३३ वर्षिया ) १ महिला र (३६,३७,४० वर्षिय) ३ पुरुष ।

हाल सम्मको कोभिड-१९ संक्रमण विवरणः

वडा नं ०१ मा ४ महिला र २ पुरुष,

वडा नं ०२ मा १० महिला र १३ पुरुष,

वडा नं ०३ मा ९ महिला र १७ पुरुष

वडा नं ०४ मा १२ महिला र १० पुरुष

वडा नं ०५ मा ४ महिला र ७ पुरुष,

वडा नं ०६ मा ९ महिला र १२ पुरुष,

वडा नं ०७ मा ८ महिला र ९ पुरुष,

वडा नं ०८ मा २१ महिला र ३० पुरुष,

वडा नं ०९ मा १४ महिला र १६  पुरुष,

वडा नं १० मा ३१ महिला र ३५ पुरुष,

वडा नं ११ मा १२ महिला र ९ पुरुष र

वडा नं १२ मा २१ महिला र १९ पुरुष गरी कुल ३४१ जना संक्रमित भएका छन् ।

संक्रमित मध्य वृद्ध देखि २० बर्ष भन्दा मुनि लगायत २०-४८ बर्ष नाघेका व्यक्तिहरु रहेको र २ बर्षको बालिका र ३ बर्षको बालकमा पनि संक्रमण देखिएको  जानकारी  प्राप्त भएको छ ।

हालसम्म नगरपालिकाको वडा नं १३ मा भने संक्रमण देखिएको छैन ।

महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा ‘कन्ट्याक्ट ट्रेसिङ’ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।

प्रतिकार्य टोलिबाट ‘कन्ट्याक्ट ट्रेसिङ्ग’को  लागी संक्रमित व्यक्तिहरुलाई सम्पर्क गर्न खोज्दा प्राय व्यक्तिहरु सम्पर्कमा नआएको र यसले गर्दा स्थिति नियन्त्रण गर्न अजहज भईरहेकोले संक्रमित व्यक्तिहरु सम्पर्कमा आउनुहुन टोलिले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय