वैशाख २० गते, साेमबार नगरपालिका भित्र ४६ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य २७ जना महिला र १९ जना पुरुष रहेको जनाइएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र १३१ जना महिला र १४५ जना पुरष गरी कुल २७६ जनामा संक्रमण देखिएको  छ जसमा २६७ जना होम आईसोलेसनमा छन् भने  ४ जना पुरुष र ४ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

 नगरभित्र कोभिड-१९ काे संक्रमण बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन अपिल गरिन्छ ।

वैशाख २० गते साेमबारको वडागत विवरणः

वडा नं ०१ मा (३०, ५३ वर्षिय) २ महिला र (६२ वर्षिय ) १ पुरुष ,

वडा नं ०२ मा (२६ वर्षिय) १  महिला र  (२४ वर्षिय) १ पुरुष,

वडा नं ०३ मा (३४ वर्षिय) १  महिला र  (३७ वर्षिय) १ पुरुष,

वडा नं ०४ मा ( ४५ वर्षिय) १ पुरुष,

वडा नं ०५ मा ( २२ वर्षिय) १ महिला,

वडा नं ०६ मा (२३, ३९, ४२, ६९ वर्षिय) ४ महिला र  (१० वर्षिय) १ पुरुष,

वडा नं ०७ मा (५९ वर्षिय) १ महिला र  (३६, ४४ वर्षिय) २ पुरुष,

वडा नं ०८ मा (११, १६, ३८ वर्षिय) ३ महिला र (९, २६, ४२, ४३, ४६ वर्षिय) ५ पुरुष

वडा नं ०९ मा (३९ वर्षिय) १ महिला र (१६ वर्षिय) १ पुरुष,

वडा नं १० मा (२७, ३२, ३३ वर्षिय) ३ महिला र (२९, ३७, ६८ वर्षिय) ३ पुरुष,

वडा नं ११ मा (१९, २६, २८, ३४ वर्षिय) ४ महिला र (३४ वर्षिय) १ पुरुष,

वडा नं १२ मा (११, २६, २८, ३७, ३९, ५३ वर्षिय) ६ महिला र (२८, ३२ वर्षिय) २ पुरुष । 

 

संक्रमित मध्य २० बर्ष भन्दा मुनिका ७ जना, २० देखि ५० वर्ष उमेर समूहका ३३ जना र ६० देखि ६० वर्ष उमेर समूहका ६ जनामा संक्रमण देखिएको जानकारी  प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय