बूढानिलकण्ठ नगरपालिकामा नेपाल रेडक्रस (काठमाडौं जिल्ला अध्याय) सँगको सहकार्यमा आज २३औ भूकम्प सुरक्षा दिवस मनाइएको छ । बूढानीलकण्ठ नगरपालिकाको पुननिर्माण शाखाले नेपाल रेडक्रससँगको सहकार्यमा नगरभित्रका सबै वडामा च्याम्पियन समूह बनाएर भूकम्प तथा बहु-प्रकोपबाट सुरक्षित रहनका लागी पुर्व तयारी गराइरहेकाे जानकारी प्रस्तुतकर्ताहरूले दिएका छन् ।
यस कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका मेयर, उप-मेयर, नेपाल रेडक्रस काठमाडौं जिल्ला अध्यायका सभापित, नगरपालिकाको पुननिर्माण शाखा अन्तर्गत कार्यलय र फिल्डमा काम गरिरहनु भएकाे कर्मचारीहरू र नगरभित्रका सबै वडामा रहेका च्याम्पियन समूहकाे उपस्थिति रहेकाे थियाे । नगरपालिकाको पुननिर्माण शाखा प्रमुखले नगरभित्र हालसम्म गरिएकाे कामहरूकाे बारेमा जानकारी गराउने क्रममा भूकम्प प्रभावित परिवारलाई अनुदान दिने काम लगभग सक्किसकेकाे र यस शाखाबाट नगरभित्र रहेका घरहरूकाे स्थिति सुधार गर्नका लागी थप पहल भइरहेकाे जानकारी गराउनु भएकाे छ ।
नगर प्रमुखले आफ्नो मन्तव्य राख्ने क्रममा नगरपालिकाले भूकम्प, आगलागी लगायत बहु-प्रकोप विपदबाट सुरक्षाका लागी गरेकाे पूर्वतयारी बारे जानकारी दिदै नेपाल रेडक्रस, पुननिर्माण शाखा तथा वडास्तरमा कार्यरत डकर्मी र स्वयंसेवकहरू समेतलाई धन्यवाद दिनुभएकाे छ ।