
नगरपालिकामा निषेधाज्ञाको चौथो दिन आईतबार २४ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य १२ जना महिला र १२ जना पुरुष रहेको जनाएको छ ।
नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल सम्म नगरपालिका भित्र १०४ जना महिला र १२६ जना पुरष गरी कुल २३० जनामा संक्रमण देखिएको छ जसमा २२२ जना होम आईसोलेसनमा छन् भने ४ जना पुरुष र ३ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।
बूढानीलकण्ठमा कोभिड-१९ संक्रमणबाट ७३ बर्षिया वृद्दाको मृत्यु भईसकेको र बालबालिकालाई समेत संक्रमण देखीए संगै नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले अपिल गर्नु भएको छ ।
बैशाख १९ गते आईतबारको वडागत विवरणः
वडा नं ०१ मा (३३ वर्षिया) १ महिला र (४२ वर्षिय ) १ पुरुष ,
वडा नं ०२ मा (२३ वर्षिय) १ पुरुष,
वडा नं ०३ मा (३३ वर्षिय ) १ पुरुष ,
वडा नं ०५ मा ( ३२ वर्षिय) १ पुरुष,
वडा नं ०८ मा (२९ वर्षिया) १ महिला र (२३,४२,६९ वर्षिय) ३ पुरुष
वडा नं ०९ मा (३१,४०,५८ वर्षिया) ३ महिला र (२७ वर्षिय) १ पुरुष,
वडा नं १० मा (१८,१९,२३,४१,७७ वर्षिया) ५ महिला र (४५,४९,६४ वर्षिय) ३ पुरुष,
वडा नं १२ मा (३० वर्षिया ) १ महिला ।
वडा नं ०१ मा १ महिला र १ पुरुष,
वडा नं ०२ मा ८ महिला र ९ पुरुष,
वडा नं ०३ मा ६ महिला र १४ पुरुष
वडा नं ०४ मा ७ महिला र ४ पुरुष
वडा नं ०५ मा ३ महिला र ७ पुरुष,
वडा नं ०६ मा ४ महिला र ७ पुरुष,
वडा नं ०७ मा ५ महिला र ४ पुरुष,
वडा नं ०८ मा १२ महिला र १९ पुरुष,
वडा नं ०९ मा ११ महिला र १५ पुरुष,
वडा नं १० मा २७ महिला र २५ पुरुष,
वडा नं ११ मा ६ महिला र ७ पुरुष र
वडा नं १२ मा १४ महिला र १४ पुरुष गरी कुल २३० जना संक्रमित भएका छन् ।
संक्रमित मध्य २० बर्ष भन्दा मुनिका ५ जना र अन्य सबै जना २०-४८ बर्ष नाघेका व्यक्तिहरु रहेको , ७३ वर्षिया वृद्ध महिला , २ बर्षको बालिका र ३ बर्षको बालकमा पनि संक्रमण देखिएको जानकारी प्राप्त भएको छ ।
बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ मा रेहेको कपन गुम्बा कोरोना भाइरस (दोस्रो लहर) को ‘हटस्पट’ बनेको छ।
पछिल्लो हप्ताबाट संक्रमितहरु देखा परेसँगै नगरपालिकाको जनस्वास्थ्य महाशाखाबाट प्राप्त जानकारी अनुसार गुम्बामा कोभिड १९ संक्रमितहरुको संख्या ११२ पुगेको छ । गुम्बा भित्र अझै परिक्षण भईरहेकले संक्रमित संख्या अझै बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल संक्रमण पुष्टि भइरहेका मध्ये २ देखि ३ जना अस्पतालमा उपचाररत रहेको र बाँकी रहेका सबै गुम्बाभित्रै सेल्फ आइसोलेशनमा रहेको जनाइएको छ।
हालसम्म नगरपालिकाको वडा नं १३ मा भने संक्रमण देखिएको छैन ।
महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा संक्रमित ट्रेसिङ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।