कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बूनपा १० ले खाद्यान्न तथा तरकारी पसल ‘कीटाणुशोधन’ गर्न सुरु गरेको छ । निषेधाज्ञाको समयलाई ख्याल गर्दै बिहान बेलुकी वडाभित्रका खाद्यान्न तथा तरकारी पसल दिनको दुई पटक निसंक्रमण गर्न थालिएको हो ।
एकपटक कुनै पनि खाद्यान्न तथा तरकारी पसल कीटाणुशोधन गरे पश्चात् उक्त स्थान ६ घन्टा सम्म निसंक्रमक बनाउन सकिन्छ । बू.न.पा १० क्षेत्रमा निषेधाज्ञाको समयमा खाद्यान्न तथा तरकारी पसल बिहान ६ बजे देखि १० बजे सम्म र बेलुकी ५ बजे देखि ७ बजेसम्म दिनमा २ पटक मात्र खुल्ने गर्दछ ।
यस अभियानको उद्देश्य आम जनमानसलाई सुरक्षित स्थानमा दैनिक उपभोग्य सामाग्री खरिद गर्ने वातावरण निर्माण संगै आफ्नो घर तथा वरिपरिको खेत्रमा पनि कीटाणुशोधन गर्न वडाबासिलाइ सुसुचित गर्दै नागरिक सचेतना अभिबृद्दि गर्ने मुख्य लक्ष्य रहेको बुनपा १० का वडाध्यक्ष नवराज भट्टराई बताउनुहुन्छ ।
यस अभियानको लागि दैनिक ५ वटा स्वयंसेवकहरुको समुह परिचालन गरिएको छ । स्वयंसेवक परिचालन कार्य नारायण चोक युबा क्लब र एन एच आरसिएन लगायतको बिभिन्न सङ्घ संस्थाको प्रतिनिधि मार्फत गरिएको छ ।
कोभिड -१९ को महामारिको दोश्रो कहर लगत्तै हाल काठमाडौ उपत्यका लगायत मुलुकका बिभिन्न जिल्लामा निषेधाज्ञा जारि गरिएको छ । जनसंख्याको हिसाबले देशभरिकै नगरपालिकाहरुमा सबै भन्दा ठुलो काठमाडौंको बुढानिलकन्ठ नगरपालिका रहेको छ । यस नगरपालिकाको जनघनत्वको हिसाबले सबैभन्दा ठुलो वडा न १० रहेको छ ।
वडा न १० साविक कपन गाबिसको वडा न ३ रहेको छ । हाल यस वडामा ४४ जना कोभिड १९ सन्क्रमित बिरामि रहेका छन । कोभिड १९ को बढ्डो सन्क्रमणलाइ मध्यनजर गर्दै १० न वडा क्षेत्र भित्र करिब १५ बेड्को आइसोलेसन सेन्टर यसै हप्ता बाट सन्चालनमा ल्याउन लागिएको समेत वडाध्यक्ष भट्टराइको दाबि रहेको छ ।