नगरपालिकामा निषेधाज्ञाको दोस्रो दिन सुक्रबार १८ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ८ जना महिला र १० जना पुरुष रहेको जनाएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र ९२ जना महिला र ११४ जना पुरष गरी कुल २०६ जनामा संक्रमण देखिएको  छ जसमा १९९ जना होम आईसोलेसनमा छन् भने  ३ जना पुरुष र ३ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि जिल्ला प्रशासन कार्यालय (जि. प्र.का.)को आदेश अनुसार बैशाख १६ गते देखि बैशाख २२ गते सम्म लागु हुने गरी निषेधाज्ञा गरिएको छ ।

बूढानीलकण्ठमा कोभिड-१९ संक्रमणबाट ७३ बर्षिया वृद्दाको मृत्यु भईसकेको र बालबालिकालाई समेत संक्रमण देखीए संगै नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले अपिल गर्नु भएको छ ।

बैशाख १७ गते सुक्रबार वडागत विवरणः

वडा नं ०२ मा (२७ वर्षिय) १ महिला,

वडा नं ०३ मा (३५,३८,५८ वर्षिया) ३ महिला र (०७,११,३३,३९,६२ वर्षिय ) ५ पुरुष ,

वडा नं ०४ मा (२७ वर्षिया) १ महिला र (१६,२२ वर्षिय) २ पुरुष,

वडा नं ०५ मा ( ३१ वर्षिय) १ पुरुष,

वडा नं ०८ मा (५१ वर्षिय) १ पुरुष

वडा नं ०९ मा (३४ वर्षिया) १ महिला र (४२ वर्षिय) १ पुरुष,

वडा नं ११ मा (२१ वर्षिया)  १ महिला

वडा नं १२ मा (३० वर्षिया ) १ महिला

हाल सम्मको कोभिड-१९ संक्रमण विवरणः

वडा नं ०२ मा ८ महिला र ८ पुरुष,

वडा नं ०३ मा ६ महिला र १३ पुरुष

वडा नं ०४ मा ७ महिला र ४ पुरुष

वडा नं ०५ मा ३ महिला र ६ पुरुष,

वडा नं ०६ मा ४ महिला र ७ पुरुष,

वडा नं ०७ मा ५ महिला र ४ पुरुष,

वडा नं ०८ मा ११ महिला र १६ पुरुष,

वडा नं ०९ मा ८ महिला र १४  पुरुष,

वडा नं १० मा २२ महिला र २२ पुरुष,

वडा नं ११ मा ६ महिला र ७ पुरुष र

वडा नं १२ मा १२ महिला र १३ पुरुष गरी कुल २०६ जना संक्रमित भएका छन् ।

संक्रमित मध्य २० बर्ष भन्दा मुनिका ५ जना र अन्य सबै जना २०-४८ बर्ष नाघेका व्यक्तिहरु रहेको , ७३ वर्षिया वृद्ध महिला , २ बर्षको बालिका र ३ बर्षको बालकमा पनि संक्रमण देखिएको  जानकारी  प्राप्त भएको छ ।

हालसम्म नगरपालिकाको वडा नं ०१ र १३ मा भने संक्रमण देखिएको छैन ।

महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा संक्रमित ट्रेसिङ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय