बूढानीलकण्ठ नगरपालिका नगरकार्यपालिकाको कार्यालयबाट सेवाग्राहीहरु सबैलाई अति आवश्यक भन्दा अन्य सेवा सबै बन्द भएको जानकारी  प्राप्त भएको छ ।

बैशाख १६ गते देखि २२ गते सम्म लागु हुने गरी जिल्ला प्रशासन कार्यालय (जि.प्र.का.) को आदेश अनुसार भएको निषेधाज्ञा अवधिभर भिडभाड कम गर्न र कोरोना संक्रमण फैलिनबाट रोक्न नगरपालिकाले यो प्रोटोकल चालु गरेको हो ।

यस अवधिभर नगरवासीहरुलाई घरमै बसेर सुरक्षित मापदण्ड अपनाई  अतिआवश्यक भन्दा अन्य काममा घर बाहिर आवत-जावत  नगर्न र चोक, टोल, बजारहरुमा भिडभाड कम गर्न नगर प्रमुख उद्धव प्रसाद खरेलले अनुरोध गर्नु भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय