बूढानीलकण्ठ नगरपालिका कृषि शाखाले कृषी यन्त्रहरु बितरण गरेको छ। बूढानीलकण्ठ नगरपालिकाको बार्षिक स्विकृत कार्यक्रमबाट मुख्य कृषि क्षेत्रहरुलाई मध्यनजर गर्दै किसानहरुको माग अनुसार ५० प्रतिशत अनुदान स्वरुप ट्रयाक्टर, पावर टिलर, मिनि टिलर र थ्रेसर बितरण गरेको हो।

कृषि शाखाले प्रकाशित गरेको सुचना अनुसार किसानहरुको मागलाई सम्बोधन गर्दै नगरपालिकामा दर्ता भएका विभिन्न कृषि संस्थाहरु लाई अनुपातिक हिसाबले कृषि यन्त्रहरु वितरण गरेको छ। नगरपालिकाको मुख्य कृषि क्षेत्र चुनिखेलको जैविक कृषि सहकारी लाई पावर टिलर र थ्रेसर १-१ थान , चुनदेवी कृषि सहकारी लाई पावर टिलर २ थान र थ्रेसर ३ थान वितरण गरेको जानकारी कृषि शाखा प्रमुख लक्ष्मी घर्तीले दिएकी छन्। यस संगै १३ थान मिनि टिलर वितरण गरेकोमा वडा १० को अन्नपुर्ण कृषी सेन्टर लाई १ थान, वडा १ को सिवपुरी गार्डेन कृषिलाई १ थान, वडा ३ को गौ गाई पालन तथा कृषि फार्मलाई १ थान, वडा १३ को सगरमाथा कृषि फार्मलाई १ थान, ओम कार्यक्ष्वर अर्गानिक कृषि फर्म वडा ६ लाई १ थान र नुतन एग्रो फार्म वडा ७ लाई ३ थान प्रदान गरेको छ।

नगरपालिकाको किसानहरुलाई कृषि उत्पादनमा विभिन्न समस्याहरु देखापरी रहेको स्थितिमा किसानहरुको उत्पादन सरल तथा समय न्युनिकरण गर्नको लागि यस यन्त्र वितरण कार्यक्रमले कृषि क्षेत्रमा महत्वपुर्ण भुमिका लिने विश्वास लिएको बूढानीलकण्ठ नगरपालिका उपमेयर रमा देवि राई बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय