बूढानीलकण्ठ नगरपालिकामा कर्मचारीहरुमा कोरोना संक्रमण देखीएको छ ।
नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालका अनुसार महाशाखा\शाखा प्रमुख र सवारी चालक सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित व्यक्तिहरु सबै जना होम आईसोलेसनमा रहेको र संक्रमण नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङबाट सम्भावित र लक्षण देखिएका व्यक्तिहरुको एन्टिजेन र पिसिआर परिक्षण भईरहेको जानकारी प्राप्त भएको छ ।
नगरपालिकाको कार्यलयमा पनि संक्रमण देखिएको कारण यसको रोकथाम र नियन्त्रणको लागि सबै वडा तथा शाखाहरुले कर्मचारीहरुलाई जिल्ला प्रशासन कार्यलयको जारि आदेश अनुसार बैशाख १६ गते देखि बैशाख २२ गते सम्म लागु भएको निषेधाज्ञा अवधिभर आलोपालोमा सेवा प्रवाह गर्ने गरि व्यवस्था मिलाउन निर्देशन जारी भएको छ ।
महाशाखा\शाखाको हकमा महाशाखा\शाखा प्रमुखहरुले र वडा कार्यलयको हकमा वडा सचिवले आफ्नो कार्यलयमा कार्यरत कर्मचारीहरुलाई आपसी सहमतिमा आलोपालोको व्यवस्था मिलाई सेवा प्रवाह गर्न निर्देशन जारी भएको छ ।
स्वास्थ्य चौकिहरुमा आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्न ईन्चार्जको निर्देशन अनुसार स्वास्थ्यकर्मिहरुलाई आलोपालोको व्यवस्था मिलाउन अनुरोध गरीएको छ ।