विद्यालय स्वास्थ्य तथा पाैष्टिक कार्यक्रम अन्तर्गत बूढानीलकण्ठ नगरपालिका भित्रकाे ३ सामुदायिक विद्यालयहरूमा अध्ययनरत किशाेरीहरूकाे लागि आइरन तथा फाेलिक एसिड वितरण कार्यक्रम संचालन हुन लागेकाे छ । बाल उद्दार मा. वि., गणेश मा. वि. र ग्राम शिक्षा मा. वि. मा पहिलाे पटक वितरण गराइने छ र आगामी वर्षहरूमा नगरभित्रकाे सबै विद्यालयहरूमा वितरण गर्ने याेजना समेत रहेकाे छ ।
याे कार्यक्रम २ चरणमा संचालन गरिने छ । पहिलाे चरणमा १३ हप्ता- श्रावण, भदाै, असाेज र दाेस्राे चरणमा १३ हप्ता- माघ, फागुन, चैत्र गरि वर्षकाे २ पटक किशाेरीहरूलाइ आइरन चक्की वितरण गरिने छ । १९ वर्ष उमेर नपुगेसम्म प्रत्येक वर्ष वितरण गरिने याे चक्की शिक्षककाे निगरानीमा खाना खाएकाे ३ घण्टामा दिइने छ ।
नगरपालिकाकाे जनस्वास्थ्य महाशाखाद्वारा वैशाख १५ मा आयाेजित छलफल कार्यक्रममा सामुदायिक विद्यालयहरूका शिक्षक/शिक्षिका, विद्यालय नर्स तथा स्वास्थ्यकर्मीहरूसँग यसकाे महत्व बारे छलफल गरिएकाे थियाे । विद्यालय पुनःसुचारू भएपछि वितरण कार्यक्रम सुरू गर्ने निर्णय भएकाे छ । किशाेरीहरूमा रहेकाे रक्तअल्पता न्यूनिकरण गर्ने किशाेरीहरूलाइ आइरन तथा फाेलिक एसिड वितरण कार्यक्रम लागू गर्न जरूरी रहेकाे ज्नस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले बताएका छन ।