नगरपालिकामा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदन अनुसार संक्रमित मध्य १२ जना महिला र ९ जना पुरुष रहेको महाशाखाले जनाएको छ ।

बैशाख १४ गते संक्रमित पुष्टि भएको व्यक्तिहरूकाे वडागत विवरणः

वडा नं ०२ मा ३६ वर्षिय महिला 

वडा नं ०३ मा ३८ वर्षिय पुरूष

वडा नं ०४ मा २४ वर्षिय महिला

वडा नं ०७ मा २४ वर्षिय पुरुष,

वडा नं ०८ मा (३२, ४०, ५७, ७७ वर्षिय) ४ महिला,  (३०, ४०, ५७, ८७ वर्षिया) ४ पुरुष

वडा नं ०९ मा ४७ वर्षिय महिला,  (१९, ४९ वर्षिय) २ पुरुष

वडा नं १० मा २१ वर्षिय  महिला र २७ वर्षिय पुरुष

वडा नं ११ मा ३५ वर्षिय महिला 

वडा नं १२ मा (३८, ४३, ४४ वर्षिय) ३ महिला

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार १४६ जना होम आईसोलेसनमा छन् भने ३ जना पुरुष र १ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

हालसम्म वडा नं ०१ र १३ मा भने संक्रमण देखिएको छैन । कोभिड संक्रमित पुष्टि भएको प्राय व्यक्तिहरु सम्पर्कमा नआएको जानकारी जनस्वास्थ्य महाशाखाले दिएको छ ।

महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा संक्रमित ट्रेसिङ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय