नगरपालिकाको कार्यालयबाट सम्पादन गरिने घर नक्सा पास सम्बन्धि अत्यावश्यक वित्तिय कर्जा र वैदेशिक यात्रा प्रयोजनको घर नक्सा पास गर्ने कार्य बाहेक अन्य घर नक्सा पास सम्बन्धी सम्पुर्ण कार्यहरु मिति २०७८ बैशाख १४ गते देखि अर्को सूचना प्राप्त नभएसम्मका लागि स्थगित गरिएको छ।
नगरपालिकामा तिब्र गतिमा संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै सम्भावीत जोखिमलाई न्यूनिकरण गर्न सेवा स्थगित गरिएको हो ।
यस बाट सेवाग्राहिमा पर्न जाने असुबिधाप्रति नगरपालिका क्षमाप्रार्थि रहेको तथापि हालको परिस्थितिमा अत्यावश्यक कार्य बाहेक अन्य कार्यहरुका लागि नगरपालिका लगायत अन्य विभिन्न स्थानहरुमा भिडभाड नगर्न र सहभागी नहुन नगरपालिकाले अनुरोध गरेको छ।
कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर विश्वब्यापी रुपमा आक्रामक बन्दै गइरहेको अवस्था बारे हामी सबै ज्ञात नै रहेका छौँ। कोरोनाको दोस्रो लहरको छिमेकी मुलुक भारत हाल विश्वकै सबैभन्दा उच्च प्रभावित राष्ट्र बनेको छ।
सोहि राष्ट्रबाट भित्रिएका विभिन्न व्यक्ति लगायत अन्यहरु मार्फत नेपालमा समेत संक्रमण भित्रिएको र हाल देशभर दिनानुदिन बृद्धि हुँदै गएको संक्रमितहरुको संख्यालाई ध्यानमा राख्दै नेपालमा विभिन्न किसिमका नियन्त्रणका लागि उपायहरु अपनाउन अनुरोध गरिँदै आएको छ।
त्यसरीनै पछिल्लो साता देखि बूढानीलकण्ठ नगरपालिकामा समेत दोस्रो लहरको संक्रमण देखापरे सँगै यसको समयमानै रोकथाम तथा नियनत्रण गर्नका लागि वडा कार्यालय तथा नगरपालिकाले वडा वासीहरुलाई कोभिडबाट बच्न न्युनतम स्वास्थ्य सुरक्षा तथा सावधानीका उपायहरु अपनाउन बारम्बार अनुरोध गरिएको छ।