|वैशाख १३|
बूढानीलकण्ठकाे परिचयपत्र तथा पञ्जीकरण शाखाले आज देखि व्यक्तिगत घटना दर्ता, समाजिक सुरक्षा र गुनासो दर्ता शिविर सुरू गरेकाे छ । नगरवासीहरूलाइ पायक पर्ने गरि नगरपालिकाभित्र ५३ ओटा स्थानहरूमा वैशाख २६ गते सम्म शिविर संचालन गरिने छ ।
अभियान अवधिभित्र भएका घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी सेवा दर्ता शिविरबाट भएको मान्यता हुने भएकाेले स्वास्थ्य सुरक्षाकाे मापदण्ड अपनाइ आ-आफ्नाे टाेलमा रहेकाे शिविरमा गई व्यक्तिगत घटना दर्ता (जन्म दर्ता, नागरिक प्रमाण पत्र, मृत्यु दर्ता, बिवाह दर्ता, सम्बन्ध बिच्छेद) तथा सामाजिक सुरक्षा भत्ताको दर्ता गराई मौकाको फाइदा लिनुहुन सम्पूर्ण नगरवासीहरुलाई अनुरोध गरिन्छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा १८ ले यस्ता घटना घटेको ३५ दिनभित्र स्थानीय पञ्जिकाधिकारी (वडा कार्यालय) र विदेशमा भए कूटनीतिक नियोगमार्फत घटना दर्ता गराउनुपर्ने कानुनी व्यवस्था पनि रहेकाे छ ।