नगरपालिकामा पछिल्लो २४ घण्टामा  ४२ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदन अनुसार संक्रमित मध्य १६ जना महिला र २६ जना पुरुष रहेको महाशाखाले जनाएको छ ।

बूढानीलकण्ठमा कोभिड-१९ संक्रमणबाट हालै ७३ बर्षिया वृद्दाको मृत्यु भएको र बालबालिकालाई समेत संक्रमण देखीए संगै नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले अपिल गर्नु भएको छ ।

बैशाख १३ गते सोमबारको वडागत विवरणः

वडा नं ०२ मा (४७ वर्षिय) १ पुरुष र (२८ वर्षिया) १ महिला,

वडा नं ०३ मा (२०,२४,३१,५४,८६ वर्षिय) ५ पुरुष र (३८,४२,८३ वर्षिया) ३ महिला,

वडा नं ०४ मा (२४, ४७ वर्षिया) २ महिला,

वडा नं ०५ मा ( २१ वर्षिय) १ पुरुष,

वडा नं ०६ मा ६७ वर्षिय १ पुरुष,

वडा नं ०८ मा (४८ वर्षिय) १ पुरुष, (४०,६१  वर्षिया) २ महिला,

वडा नं ०९ मा (९, १९,२१,२४,२४,४५,५०,५२,७७ वर्षिय) ९ पुरुष, (१५,२५,४१,४५,६७ वर्षिया) ५ महिला

वडा नं १० मा (२०,४०,४२,५३,७२ वर्षिय) ५  पुरुष  र (४०,४२,७० वर्षिया) ३ महिला,

वडा नं ११ मा (६२,६३ वर्षिय) २ जना पुरुष,

वडा नं १२ मा २७ वर्षिय १ जना पुरुष ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल एक हफ्ता सम्म ६० जना महिला र ७० जना पुरषमा संक्रमण देखिएको  छ जसमा १२५ जना होम आईसोलेसनमा छन् भने  ३ जना पुरुष र १ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

हाल सम्मको कोभिड-१९ संक्रमण विवरणः

वडा नं ०२ मा ५ महिला र ८ पुरुष,

वडा नं ३ मा ३ महिला र ५ पुरुष

वडा नं ०४ मा ५ महिला र २ पुरुष

वडा नं ०५ मा ३ महिला र ४ पुरुष,

वडा नं ०६ मा २ महिला र २ पुरुष,

वडा नं ०७ मा ४ महिला र ३ पुरुष,

वडा नं ०८ मा ६ महिला र ६ पुरुष,

वडा नं ९ मा ५ महिला र ९  पुरुष,

वडा नं १० मा १८ महिला र १५ पुरुष,

वडा नं ११ मा २ महिला र ६ पुरुष र

वडा नं १२ मा ७ महिला र १० पुरुष गरी कुल १३० जना संक्रमित भएका छन् ।

महाशाखाको दैनिक प्रतिवेदन अनुसार संक्रमित मध्य २० बर्ष भन्दा मुनिका ५ जना र अन्य सबै जना २०-४८ बर्ष नाघेका व्यक्तिहरु रहेको , ७३ वर्षिया वृद्ध महिला , २ बर्षको बालिका र ३ बर्षको बालकमा पनि संक्रमण देखिएको  जानकारी  प्राप्त भएको छ ।

हालसम्म वडा नं ०१ र १३ मा भने संक्रमण देखिएको छैन । वडा नं  १० मा भने संक्रमित व्यक्ति बढ्दो संख्यामा रहेको छ ।

कोभिड संक्रमित पुष्टि भएको प्राय व्यक्तिहरु सम्पर्कमा नआएको जानकारी जनस्वास्थ्य महाशाखाले दिएको छ ।

महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा संक्रमित ट्रेसिङ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।

वडा नं १० को कोभिड आईसोलेसन सेन्टर केहि दिनमै सञ्चालनमा ल्याउने तयारी भईरहेको वडा नं १० अध्यक्ष  नवराज भट्टराईले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय