नगरप्रमुख उद्धव प्रसाद खरेल ज्युले नगरवासीहरुमा विपद बाट जोगिन अनुरोध गर्नुभएको छ। शिवपुरी जगंल राष्ट्रिय निकुञ्ज आसपासमा शुक्खा मौसममा लाग्न सक्ने आगलागी लगायतको घटनाहरु बाट बच्नको लागी सचेत हुन अनुरोध गर्नु भएको छ। साथै, बूढानीलकण्ठ नगरपालिकामा आपतकालिन समयमा प्रयोग गर्ने नम्बरहरुको बारेमा पनि जानकारी दिन लगाउनु भएको छ।
१) हिँउद शुख्खा मौषममा डढेँलो र आगलागीको जोखिम बढ्दो छ। सवैले आ-आफ्नो ठाउँबाट होशियारी अपनाऔँ।
२) घर घरमा ग्यास र विद्युतको लिक र सर्टवाट हुन सक्ने आगलागीको जोखिम बाट बच्न होशियारी अपनाऔँ।
३) आफ्नो घर कम्पाउण्ड भित्र सुरक्षाको विधि प्रयोग गरौँ।
४) चिसोको कारण हुन सक्ने जोखिम कम गर्न आवश्यक सावधनी अपनाऔँ।
५) कोभिड-१९ को संक्रमण जारी छ, बच्नको लागि मास्कको प्रयोग पटक-पटक हात धुने र तातो झोल पदार्थ वा पानीको प्रयोग गरौँ।
थोरै होशियार र सावधानी वाट धेरै ठुलो जोखिम र नोक्सानीबाट बच्न सकिन्छ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Budhanilkantha News
Made with ❤️ By Gorkhaly Labs