नगरपालिकामा गत शनिवार र आईतबार २ बर्षको बालिका र ३ बर्षको बालक सहित २९ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मध्य १४ जना महिला र १५ जना पुरुष रहेको नगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
बूढानीलकण्ठमा कोभिड संक्रमणबाट हालै ७३ बर्षिया वृद्दाको मृत्यु भएको र बालबालिकालाई समेत संक्रमण देखीए संगै नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले अपिल गर्नु भएको छ ।
बैशाख ११ र १२ ( शनिवार र आईतबार) को वडागत विवरणः
वडा नं २ मा (१८,२२,५० वर्षिय) ३ पुरुष र (३३ वर्षिया) १ महिला,
वडा नं ४ मा (३ वर्षिय बालक र १८ बर्षिय पुरुष) र (१७, ३९ वर्षिया) २ महिला,
वडा नं ५ मा ( ५०,५५ वर्षिय) २ पुरुष र (१९ वर्षिया) १ महिला,
वडा नं ६ मा (४२,४८ वर्षिया) २ महिला,
वडा नं ०८ मा (३३ वर्षिय) १ पुरुष,
वडा नं १० मा २ बर्षिया १ बालिका र १४, १७,३४,४१,५४ वर्षिया ५ महिला, ३४ ६५ बर्षिय २ पुरुष,
वडा नं ११ मा (२१,८६ वर्षिय २ जना पुरुष,
वडा नं १२ मा (१४, ४७) वर्षिय २ जना महिला र (२३,३९,५२ वर्षिय) ३ जना पुरुष रहेका छन् ।
नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल एक हफ्ता सम्म ४४ जना महिला र ४४ जना पुरषमा संक्रमण देखिएको छ जसमा ८३ जना होम आईसोलेसनमा छन् भने ३ जना पुरुष र १ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।
वडा नं ०२ मा ४ महिला र ७ पुरुष,
वडा नं ०४ मा ३ महिला , २ पुरुष (१ जना बालक सहित)
वडा नं ०५ मा ३ महिला र ३ पुरुष,
वडा नं ०६ मा २ महिला र १ पुरुष,
वडा नं ०७ मा ४ महिला र ३ पुरुष,
वडा नं ०८ मा ४ महिला र ५ पुरुष,
वडा नं १० मा १५ महिला र १० पुरुष,
वडा नं ११ मा २ महिला र ४ पुरुष र
वडा नं १२ मा ७ महिला र ९ पुरुष गरी कुल ८८ जना संक्रमित भएका छन् ।
शाखाको दैनिक प्रतिवेदन अनुसार संक्रमित मध्य २० बर्ष भन्दा मुनिका ४ जना र अन्य सबै जना २०-४८ बर्ष नाघेका व्यक्तिहरु रहेको , ७३ वर्षिया वृद्ध महिला , २ बर्षको बालिका र ३ बर्षको बालकमा पनि संक्रमण देखिएको जानकारी प्राप्त भएको छ ।
वडा नं ०१ , ०३, ०९ र १३ मा भने संक्रमण देखिएको छैन ।
कोभिड संक्रमित पुष्टि भएको प्राय व्यक्तिहरु सम्पर्कमा नआएको जानकारी जनस्वास्थ्य महाशाखाले दिएको छ ।
महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा संक्रमित ट्रेसिङ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।
वडा नं १० को कोभिड आईसोलेसन सेन्टर केहि दिनमै सञ्चालनमा ल्याउने तयारी भईरहेको वडा नं १० अध्यक्ष नवराज भट्टराईले जानकारी दिनु भएको छ ।