बूढानीलकण्ठ नगरपालिका वडा नं ०९ को श्री कुमारी युवा क्लब  र अहमदिया संघ नेपालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड-१९ को संक्रमण बढ्दै गईरहेको अवस्थामा रक्तबैंकमा रगत अभाव हुने संकेत पाएकोले क्लब द्वारा शनिबार निब्स बिद्यालयमा “रक्तदान गरौ, जिवनदान गरौ” भन्ने  मूल नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

श्री कुमारी युवा क्लब र अहमदिया संघ नेपालको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटि र कान्तिपुर अस्पताल बिचको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको सक्रिय युवा क्लब श्री कुमारी क‍्लबको यो दोस्रो रक्तदान कार्यक्रम हो । यस भन्दा पहिले पनी क्लबले बिभिन्न किसिमका स्वास्थ्य तथा समाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

रक्तदान कार्यक्रममा वडा नं ०९ कार्यबाहक अध्यक्ष सुमित्रा त्रिपाठि पाण्डे, महानगरिय प्रहरी प्रभाग मण्डिकाटार प्रहरी सहायक निरिक्षक कृष्ण राज चौधरी, अहमदायि संघ नेपाल अध्यक्ष मोहन राउत, अहमदायि युवा संघ नेपाल सलिम अहमद, अहमदायि संघ नेपाल काठमाडौं जिल्ला ईन्चार्ज समिन अहमद , निब्स बिद्यालय प्रधानाध्यापक देव नारायण महतो, बूढानीलकण्ठ रेड क्रस सोसाईटि प्रतिनिधी राधिका श्रेष्ठ, कान्तिपुर हस्पिटल, कन्ट्रोल एडिक्सन, कोभिड बालक अभियान,  समाजसेवि लगायत स्थानीयहरुको उपस्थिति थियो ।

कार्यक्रममा रक्तदाता लगायत अतिधिहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय