बूढानीलकण्ठ नगरपालिकामा कोभिड संक्रमणबाट वडा नं ०५ मा  ७३ बर्षिया वृद्धा को मृत्यु भएको छ । बूढानीलकण्ठमा कोभिड संक्रमण बढ्दो अवस्थामा रहेकोले सबैलाई सावधानि अपनाउन   नगरपालिका जनस्वास्थ्य महाशाखाले अपिल गरेको छ ।

नगरपालिकामा बैशाख १० गते (शुक्रबार)  १४  जनामा कोभिड-१९ संक्रमण देखिएको छ । आज‌ मात्र ८ जना महिला र ६ जना पुरुष सहित १४ जनामा संक्रमण देखिएको हो ।

जस मध्य ,

वडा नं ७ मा (२८ वर्षिय) १ पुरुष र (२० वर्षिया) १ महिला,

वडा नं ०८ मा (५४ वर्षिया) १ महिला र (६० वर्षिय) १ पुरुष,

वडा नं १० मा (३२ र ४३ वर्षिय) २ जना पुरुष,

वडा नं ११ मा (७३ वर्षिया) १ जना महिला ,

वडा नं १२ मा (१४, २८,२८,३१,४४) वर्षिया ५ जना महिला र (३०,६३ वर्षिय) २ जना पुरुष रहेका छन् ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल एक हफ्ता सम्म ३० जना महिला र २९ जना पुरषमा संक्रमण देखिएको  छ जसमा ५८ जना होम आईसोलेसनमा छन् भने  १ जना पुरुष अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

हाल सम्मको कोभिड संक्रमण विवरणः

वडा नं ०२ मा ३ महिला र ४ पुरुष,

वडा नं ०४ मा १ महिला ,

वडा नं ०५ मा २ महिला र १ पुरुष,

वडा नं ०६ मा  ०१ पुरुष,

वडा नं ०७ मा ४ महिला र ३ पुरुष,

वडा नं ०८ मा ४ महिला र ४ पुरुष,

वडा नं १० मा ९ महिला र ८ पुरुष,

वडा नं ११ मा २ महिला र २ पुरुष र

वडा नं १२ मा ५ महिला र ६ पुरुष गरी कुल ५९ जना संक्रमित भएका छन् ।

शाखाको दैनिक प्रतिवेदन अनुसार संक्रमित मध्य प्राय सबै जना २०-४८ बर्ष नाघेका व्यक्तिहरु रहेको , २० बर्ष भन्दा मुनिका २ जना र ७३ वर्षिया वृद्ध महिलामा संक्रमण देखिएको  जानकारी  प्राप्त भएको छ ।

वडा नं  ०१ , ०३, ०९ र  १३ मा भने संक्रमण देखिएको छैन ।

कोभिड संक्रमित पुष्टि भएको कतिपय व्यक्तिहरु सम्पर्कमा नआएको जानकारी जनस्वास्थ्य महाशाखाले दिएको छ ।

महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा संक्रमित ट्रेसिङ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय