बूढानीलकण्ठ नगरपालिका पशु सेवा शाखा द्वारा एक दिने दाना तथा दुध परिक्षण शिविर सञ्चालन गरेको छ। नगरपालिका भित्रका कृषक तथा पशु पालन गर्दै आएका व्यक्तिहरुले दैनिक रुपमा प्रयोग गर्दै आइरहेको दाना तथा बजारमा बेच्नका लागि प्रयोग गरिनँदै आएको दुधको गुणस्तर परिक्षणका लागि उक्त शिविर को सञ्चालन गरिएको हो।
नगरपालिकाभित्रका पशुपालन गर्दै आइरहनुभएका व्यक्तिहरुलाई २०० ग्राम दाना र दुध पशु सेवा शाखामा लेराउनका अनुरोध गरिए बमोजिम उक्त शाखामा लेराइएका सबै दाना र दुधको परिक्षण गरिएको शाखाका प्रमुख काजी बहादुर श्रेष्ठले जानकारी प्रदान गर्नुभएको छ।
हिजो मिति २०७८ बैशाख ९ गते सञ्चालित उक्त शिविर बू.न.पा पशु सेवा शाखाको आयोजना र राष्ट्रिय पशु आहार तथा लाईमस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवन, ललितपुरको सहकार्यमा सञ्चालन गरिएको हो। नगरपालिकाको योजना कार्यक्रममा उल्लेख नरहेतापनि पशु सेवा शाखआको पहलमा सो कार्यक्रम शिविर सञ्चालन गरिएको शाखआ प्रमुख काजी श्रेष्ठले बताउनुभयो। शिविर बिहान ८ बजेदेखि दिनको २ बजेसम्मका लागि सञ्चालन गरिएको छ।
हिजो सञ्चालित उक्त परिक्षण शिविरमा दानाहरुको परयोग गरिँदै आएकोमा कतिपयमा दानाहरुमा हुनुपर्ने किसिमका गुणस्तरको कमि रहेको पाइएको जनाइएको छ। साथै परिक्षणका लागि लेराइएका दुधहरुमा समेत दुधमा हुनुपर्ने गुणस्तर तथा पोषण न्युन रहेको प्रशिक्षक मध्येका एकले बताउनुभएको छ।
परीक्षणका लागि लेराइएका दाना तथा दुधको तत्काल नतिजा प्राप्त हुने भएका कारण लाभग्राहीले तुरुन्तै सेवा प्राप्त गर्ने भएकाले हाल सेवा प्रदान गर्नका लागि समेत शज भएको प्रमुख श्रेष्ठले बताउनु भएको छ।
उक्त शिविर विषेष गरि परिक्षण सँगसँगै गुणस्तरीय दानाको दैनिक प्रयोग तथा बजारमा बिक्रि गरिने दुधको गुणस्तर महत्व बुझाउनका तथा जनचेतना फैलाउनका लागि सञ्चालन गरिएको हो। साथै आफुले प्रयोग गर्दै आइरहेको दाना कम्पनिमा समेत दाना सम्बन्धि समस्या तथा गुनासो रहेमा तत्काल जानकारी गराई उचित किसिमका दाना उत्पादन तथा बिक्रि वितरण गरिनका लागि समेत सचेत बनाउनका लागि सो कार्यक्रमको आयोजना भएको प्रमुख श्रेष्ठ बताउनुहुन्छ।