बूढानीलकण्ठ नगरपालिकामा एक हप्ताको अन्तरालमा ४५ जना कोभिड-१९ संक्रमित फेला परेको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार २२ जना महिला र २३ जना पुरषमा संक्रमण देखिएको  र   ४४ जना होम आईसोलेसनमा रहेको र १ जना पुरुष अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

नगरपालिकाको वडा नं ०२ मा ३ महिला र ४ पुरुष,

वडा नं ०४ मा १ महिला ,

वडा नं ०५ मा २ महिला र १ पुरुष,

वडा नं ०६ मा  ०१ पुरुष,

वडा नं ०७ मा ३ महिला र २ पुरुष,

वडा नं ०८ मा ३ महिला र २ पुरुष,

वडा नं १० मा ९ महिला र ६ पुरुष,

वडा नं ११ मा १ महिला र २ पुरुष र

वडा नं १२ मा ४ पुरुष गरी कुल ४५ जना संक्रमित थपिएको हो  ।

शाखाको दैनिक प्रतिवेदन अनुसार संक्रमित मध्य प्राय सबै जना ३०-४८ बर्ष नाघेको र  २० बर्ष भन्दा मुनिका ४ जनालाई संक्रमण देखिएको जानकारी  प्राप्त भएको छ ।

वडा नं  ०१ , ०३, ०९ र  १३ मा भने संक्रमण देखिएको छैन ।

 

 

तथ्याङ्क स्रोतः  जनस्वास्थ्य माहाशाखा, बूढानीलकण्ठ नगरपालिका

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय