वैशाख ७ गते देखि संचालन गरिएकाे  ३ दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) तालिम प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीद्वारा वैशाख ९ गते समापन गरिएकाे छ । बूढानीलकण्ठ नगरपालिकाकाे सहकारी शाखाद्वारा आयाेजित यस कार्यक्रममा बू.न.पा. कार्यक्षेत्र भएका ४६ सहकारीहरूकाे सहभागीता रहेकाे थियाे । 

सहभागीहरूलाइ कापाेमिसकाे आवश्यक्ता, औचित्य, महत्व र उपयाेगिता, काेपाेमिस सदस्यहरूसँग सम्बन्धित जानकारी तथा वित्तिय विवरण सम्बन्धि जानकारी, काेपाेमिसमा आवद्द गर्न संघ संस्थाहरूसँग माग गर्नुपर्ने विवरण उपर सैद्धान्तिक तालिमका साथै काेपाेमिस र काेपाेमिस संचालन विधि, पासवर्ड सम्बन्धि जानकारी, मासिक/वार्षिक वित्तिय प्रतिवेदन समेतका विषयहरूमा प्रयाेगात्मक तालिम दिइएकाे थियाे । 

यसका साथै, सम्पती शुद्धिकरण सम्बन्धि विवरण, बू.न.पा. कार्यक्षेत्र भएका सहकारीहरूकाे विद्यमान अवस्था र सहकारी नियमन तथा प्रवर्दनमा तिनवटै तहकाे सरकारकाे भूमिका बारे पनि छलफल गरिएकाे थियाे । 

नगरप्रमुख उद्दव प्रसाद खरेलले सबै सहभागीहरूलाइ COPOMIS मा आबद्द हुन आग्रह गर्दै, उहाँहरूकाे थप प्राेत्साहनका लागि आँउदाे नगरसभामा उत्कृष्ट सहकारी समेत छान्ने प्रतिबद्दता जनाउनु भएकाे छ । सहकारीहरूकाे सूचना प्रणालीमा एकरूपता ल्याउन, सूचना एककृत गर्न, संश्लेषण तथा विश्लेषण गर्न, तथ्याङ्क अभिलेख र सहकारीहरूलाइ नियमन गर्नकाे लागि काेपाेमिस महत्वपूर्ण रहेकाे सहकारी शाखा प्रमुख गीता ठगुन्नाले बताउनु भएकाे छ । 

सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (COPOMIS )- सहकारी तथा गरिबी निवारण क्षेत्रको एक औपचारिक, स्वचालित र आधुनिक सूचना तथा संचार प्रविधि ( ICT) मा आधारित ब्यवस्थापन सूचना प्रणाली हो । यसबाट गरिब घरपरिवार लगायत सहकारी संघ \ संस्थाहरुको सूचना ब्यवस्थापन सम्बन्धी कार्य सम्पादन हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय