विश्वका केही देशहरु तथा छिमेकी मित्रराष्ट्र भारतका विभिन्न प्रान्तहरुमा समेत नयाँ भेरियन्ट सहित Covid-19 को महामारी देखा परेको छ हालै नेपालमा समेत संक्रमण दिनहुँ बढ्दै गएको सन्दर्भमा यस नगरपालिकामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्नु भएका महानुभावहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उक्त रोगको प्रकोप रोगथाम तथा नियन्त्रण कार्यलाई अगाडि बढाउने कुराको सन्दर्भमा बूढानीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण भएको छ यस कार्यलाई पूर्ण रुप दिनका लागि आमनगरबासिको सहयोगको अपेक्षा गर्दै सम्पूर्ण नागरीकहरुलाई सचेत, सजक तथा सहयोगको भावनले निम्न जनस्वास्थ्यका मापदण्ड पालन गर्न गराउन समेत आव्हान गरेको छ ।
बूढानीलकण्ठ नगरवासीहरु तथा यस नगरमा प्रवेश गर्ने व्यक्तिहरुलाई निम्न स्वास्थ्य सम्वन्धि सूरक्षित व्यवहार गर्न गराउन हुन नगरपालिका हार्दिक अपिल गर्दछ :
• कुनै पनि भिड्भाड हुने सामाजिक कार्यहरु: भोज, उत्सव, विभिन्न चाड पर्व तथा सभा सम्मेलनमा नेपाल सरकारले तोकिएको २५ जना भन्दा बढी व्यक्तिहरुको सहभागिता नगराउने सो कार्यको अनुगमन स्थानीय तहले गर्ने ।
• हप्तामा १ पटक मात्र पालोपालो गरि घरका परिवारका स्वास्थ्य व्यक्ति मध्येबाट आवश्यक सामाग्रीहरु खरिद गर्ने ।
• १२ वर्ष मूनिका बालबालिका र ६० वर्ष माथिका उमेर समूहका व्यक्तिहरु, गर्भवती, सुत्केरी, दीर्घरोगी जस्तौः मुटु तथा रक्तनलि सम्बन्धी रोगीहरु, मधुमेह, दीर्घ स्वास प्रश्वास तथा दमका रोगीहरु, एड्स तथा क्षयरोगका विरामीहरु, क्यान्सर उपचार गराइ रहेका विरामीहरु, मृगौलाका विरामीहरुले अनावश्यक रुपमा भिडभाड हुने सार्वजनिक स्थान, यातायात, भेटघाट कार्यक्रममा सहभागी नहुने
० विज्ञान तथा बेलुकी समूह बनाई हिडडुल गरी चिया पसलमा भेला हुने अनावश्यक रुपमा घर भन्दा बाहिर जाने कार्य विशेष गरी ६० वर्ष मुनिका उमेर समूहका व्यक्तिहरुले गर्ने गरेकोले उक्त कार्य नगर्न हुन आग्रह गर्दछौं
• सामान्य रोगको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा गई उपचर लिने बानी बसालौं । अति आवश्यक नभएसम्म ठूला अस्पतालहरुमा नजाऔँ । किनकी अस्पतालबाट हुने संक्रमण दर बढ्दो अवस्थामा रहेको छ । चिकित्सक संग फलोअप गर्नु पर्ने विरामीहरुले टेलिफोन / मोबाईल मार्फत परामर्श सेवा लिने गरौं ।
● कोभिड १९ रोगको संक्रमण भएका व्यक्तिहरु र संकास्पद परिवारका सदस्यहरु समेत १० दिन सम्म Self home Isolation मा बस्नु पर्ने छ । साथै, संक्रमित व्यक्तिसंग नजिकैको सम्पर्कमा भएका व्यक्तिहरुको Case Investigation and Contact identification (CICI) टोलीद्वारा आवश्यक विवरण संकलन गर्ने छन् । नजिकैको सम्पर्कमा भएका व्यक्तिहरुको Antigen Kit द्वारा परिक्षण समेत गरिने छ ।
• नगरभित्र संचालन रहेका विभिन्न किसिमका व्यवसायहरु संचालन गर्दा नेपाल सरकारले तोकिएको न्यूनतम मापदण्द पुरा गरेर मात्रै व्यवसाय संचालन गर्न गराउनुको साथै सार्वजनिक यातायातहरु संचालन गर्दा समेत न्यूनतम मापदण्द पुरा गरेर मात्रै सार्वजनिक यातायात लगायत अन्य सवै व्यवसायहरु संचालन गर्ने ।
• जुनसुकै कार्यालयहरुमा कामको सिलसिलामा जाँदा कार्यालयले उपलब्ध गराएको जनस्वास्थ्य सम्बन्धी मापदण्ड जस्तैः सावुन पानीले हात मिचिमिचि धोई भौतिक दरी कायमको साथै मास्कको प्रयोग गरी पालो पालो सेवा लिने सिपको विकास गर्दै सेवा प्रवाहमा राष्ट्रय सेवक कर्मचारीहरुलाई सहयोग गर्ने गरौं ।
• सार्वजनिक समारोह, आमसभा, जुलुस, मेला महोत्सव, जात्रा, पर्व, विबाह, न्वारन, पास्नी ब्रतबन्ध, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा पच्चीस जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र संचालन गर्ने ।
स्वास्थ्य सम्वन्धी थप निम्न सुरक्षित व्यवहारहरु गर्ने र गराउने कार्यमा सहयोग पुर्याउन हुन अनुरोध छ ।
• खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा, मास्क वा पाखुराले)
• साबुन पानीले हात धुने (बारम्बार र सही तरिकाले)
• भौतिक दूरी कायम गर्ने (अन्य व्यक्तिसँग कम्तीमा २ मिटर वा ४ हात टाढा रहने)
• संकास्पद व्यक्तिबाट सकभर टाढै बस्ने र बेग्लै राख्ने ।
● आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलगौं ।
● घर तथा सार्वजानिक स्थानमा जथाभावी नथुक्ने र प्रयोग गरेको मास्क जथाभावि नफाल्ने ।
• रोगी व्यक्तिलाई पौष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा (भातको माङ, दालको रस, तरकारीको रस, गेडागुडीको रस आदि ) र पानी पिउने ।
• दुध चुस्ने उमेरका बच्चालाई साविक बमोजिम नियमित स्तनपान गराउने ।
• चिकित्सक तथा स्वास्थ्य कर्मीहरुको सल्लाह बिना कुनै पनि औषधि नखुवाउने । अतः बूढानीलकण्ठ नगरबासीज्यूहरु माथि उल्लेखित विधिद्वारा सुरक्षित निगरानीमा राख्ने व्यवस्थाको लागि सम्बन्धित वडा कार्यालय, नजिकैको स्वास्थ्य संस्था र जनस्वास्थ्य महाशाखा Proactive भएर लागिरहेकोले यहाँहरुको पनि उत्तिकै जिम्मेवारी रहने हुँदा नियम पालना गर्न गराउन हुन अनुरोध गरिन्छ । वडा कार्यालयहरुले संक्रमित जिल्ला वा देशबाट आएका व्यक्तिहरुको विवरण अध्यावधिक गरी प्रत्येक दिन जनस्वास्थ्य महाशाखामा जानकारी गराउने व्यवस्था मिलाइएको छ । साथै सम्पूर्ण घरधनीज्यूहरु सजक र सचेत भई संक्रमित जिल्ला वा देशबाट आएका संकास्पद व्यक्तिहरुलाई पहिचान गरी स्थानीय तहमा जानकारी गराउने कार्यमा सहयोग पुर्याउनका लागि यस नगरपालिका हार्दिक अनुरोध गर्दछ ।