जो मेरो घर कहिल्यै आउँदैनन्
म उनीहरूलाई भेट्न उनीहरूको नजिक जानेछु ।
एउटा उर्लिएकी नदि कहिल्यै आउने छैन मेरो घर
नदिजस्ता मान्छेहरूसँग भेट्न नदि किनार जानेछु
अलिकति तैरिनेछु र डुबुल्किनेछु
पहाड, फाँट, चट्टान, तलाउ, असंख्य रूख, खेत
कहिल्यै आउदैंनन् मेरो घर
खेत, खलिहान जस्ता मान्छेसंग भेट्न
गाँउ – गाँउ, जंगल, गल्लीहरू जानेछु
जो लगातार काममा लागिरहेका छन्
म फुर्सद जसरी हैन
उनीहरूसंग एउटा जरूरी काम जसरी भेटिरहनेछु
यसलाई म एउटै अन्तिम ईच्छा जसरी
सबैभन्दा पहिलो ईच्छा राख्न चाहन्छु ।
कवि – विनोद कुमार शुक्ला
कविता- जो मेर घर कभी नहि आएगें
भावानुवाद – नारायणी खड्का
पद- बूढानीलकण्ठ नगरपालिका कानुनी सहजकर्ता