बुढानीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा “बाल साहित्य महोत्सव (दोस्रो संस्करण)” अन्तर्गत एकल गायन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सहभागी बालबालिकाहरूले आफ्नो मधुर स्वरमार्फत निकै राम्रो प्रस्तुति दिएका थिए, जसले कार्यक्रमलाई रमाइलो र सम्झनलायक बनाएको थियो।
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिमा बालबालिकाको प्रस्तुति प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले बालप्रतिभालाई अगाडि बढ्न प्रेरणा दिने बताए।प्रतियोगितामा आधारभूत तहतर्फ परीक्षा तामाङ (शिशुमिलन विद्यालय) प्रथम, आरोषी गिरी (भक्ति इन्टरनेशनल विद्यालय) द्वितीय, त्रिशग्नी श्रेष्ठ (पिक पोइन्ट एकेडेमी) तृतीय र सुमन भण्डारी (बालविकास स्कुल) सान्त्वना स्थान हासिल गर्न सफल भए त्यसैगरी माध्यमिक तहतर्फ आयुस गिरी (पिक पोइन्ट एकेडेमी) प्रथम, रिजन श्रेष्ठ (पिक पोइन्ट एकेडेमी) द्वितीय, आशा थपलिया (घटराज मेमोरियल स्कुल) तृतीय र वासुरी लामा (मेरिल्याण्ड स्कुल) सान्त्वना स्थान हासिल गर्न सफल भए।
प्रतियोगिताको निर्णय वरिष्ठ गायिका कुन्ति मोक्तान, राधिका भण्डारी र तिर्थराज पोखरेलले गरेका थेिए। नगरपालिकाले यस्ता कार्यक्रममार्फत बालबालिकामा रहेको प्रतिभा उजागर गर्न र उनीहरूलाई अझै प्रोत्साहन गर्न सहयोग पुगेको जनाएको छ।






