बूढानीलकण्ठ नगरपालिका वडा नं १३ कौडल क्षेत्र मा सडक स्तरोन्नतिको काम भईरहेको छ । नगरपालिकाको भौगोलिक दृष्टिकोणले पिछडिएको ठाऊँ मानिएको कौडल क्षेत्रमा चुनिखेल देखि कौडल-सापाटर हुदैँ जगडोल भञ्ज्याङ जोड्ने बाटो कालोपत्रे भईरहेको हो ।

बि. सं. २०४७ सालमा यस ठाँउको साविक चुनिखेल गाविस र स्थानीयहरुको कठिन संघर्षले ७ मिटरको मोटरबाटो बिस्तार भएता पनि विभिन्न कारणले सडको स्तरोन्नति हुन सकेको थिएन ।

सामुदायिक वन संगै रहेको यस क्षेत्रमा बर्षाको बेला भिर ,पहिरो तथा बाढिको जोखिमले बाटो अवरोध हुने भएकोले यहाँ विकास हुन नसक्दा स्थानीयहरु निकै कठिन अवस्थाहरुबाट गुज्रन परेको गुनासो गर्दैँ आएका थिए ।

साविक गाविस हुँदा देखि सुरु भएको बाटो स्तरोन्नति अभियानले अहिले करिव ३२ बर्ष पछि पूर्णता पाईरहँदा स्थानीयहरु निकै हर्षित भईरहेको पाईएको छ ।

 

पश्चिममा तर्फ बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ र ०६ हुदैँ टोखा नगरपालिका सम्म जोड्ने र पुर्व तर्फ चुनिखेल बसपार्क देखि कौडोल- सापाटर- जगडोल भञ्ज्याङ हुदै गोकर्ण नगरपालिका जोड्ने छोटो दुरीको ३.७०० कि.मी. लम्बाई र ११ मी. चेडाईँ बाटोमा ७ मिटर बाक्लो कालोपत्रे भईरहेको वडा नं. १३ अध्यक्ष श्री कृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।

सडकको आवश्यक खण्डहरुमा ढलान, ड्रेन र जोखिम क्षेत्रमा रिटेनिङ पर्खाल लगाउने काम भए संगै योजनाको ६० प्रतिशत काम सम्पन्न भईसकेको छ । सडक स्तरोन्नति गर्दा स्थानीयहरुको निकै साथ पाएको र उनिहरु खुसि भएको देख्दा जनप्रतिनिधिहरुले गरेको वाँचा पुरा भएको महसुस गर्दै सन्तुष्टि मिलेको उहाँ बताउनु हुन्छ ।

२०४७ साल देखिनै बाटो अभियानमा लागि परेका प्रदेश नं ०३ माननीय न्युच्छे नारायण श्रेष्ठले यस सडक खण्ड योजनाको  लागि सडक विभागको ३६ करोड बजेट बिनियोजन भएको जानकारी दिनु भयो । प्रदेश सरकार र नगरपालिकाको संयुक्त पहलमा सडक विभागको सहयोगबाट करिव ३२ बर्ष पछी यस क्षेत्रमा बाटो कालोपत्रे भईरहेको देख्दा नगरपालिकाकै गौरवको योजना बनेको उहाँ बताँउनुहुन्छ ।

यस योजनाको काम २०७७ सालमानै सम्पन्न गरिने लक्ष्य नगरपालिकाको रहेता पनी महामारीका कारण केही महिना ढिलो हुन गएको हो । ढिलै भए पनी सडकमा कालोपत्रे भईरहदा स्थानीयहरु निकै उत्साहित देखिएका छन् । यस सडक संरक्षणको लागी स्थानीयहरुले आवश्यक सहयोग गर्न हरपल तयार रहने प्रतिवद्धता नगरपालिकालाई दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय