बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण विद्यालयहरु बैशाख मसान्त सम्म सञ्चालन नगर्न निर्देशन दिएको छ ।
कोभिड १९ को प्रकोपको दोश्रो चरण सक्रिय हुँदै गएको सन्दर्भमा मिति २०७८।०१।०६ गतेको संघीय मन्त्रीपरिषदले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हुँदा बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुखज्यूको अध्यक्षतामा मिति २०७८।०१।०६ गते बसेको नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको हो ।
समितिको वैठकबाट अन्य निर्णय तपसील बमोजिम गरिएकोले नगरपालिकामा सञ्चालित सम्पूर्ण विद्यालयहरुले सोही अनुसार पालना गर्नुहुन शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्यायले अनुरोध गर्नु भएको छ ।
तपसीलः
१. नगरपालिकाका सबै विद्यालयहरु मिति २०७८०१।०७ गते देखि वैशाख मसान्त सम्म बन्द गर्ने ।
२. वार्षिक परीक्षा सञ्चालन गर्न बाँकी रहेका विद्यालयहरुले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी \गराई आलोपालो प्रणाली (Shift Wise) मा विद्यार्थीहरुलाई सहभागी गराई वैशाख १७ गते सम्म अनिवार्य रुपमा वार्षिक परीक्षा सम्पन्न गर्ने ।
२. परीक्षा सम्पन्न गर्ने क्रममा कोभिड १९ सँग सम्बन्धित कुनै लक्षण देखिएमा त्यस्ता विद्यार्थिलाई छुट्टै परीक्षाको व्यवस्था गर्ने ।
३. मन्टेश्वरी विद्यालयहरु अर्को सूचना नभए सम्मका लागी पूर्णरुपमा बन्द गर्ने ।
४. अन्यकुराहरुको हकमा कोभिड १९ सँग सम्बन्धित सुरक्षा मापदण्ड अपनाई नगरपालिकाद्वारा पूर्व निर्देशित निर्देशन गर्ने ।
बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल , उप प्रमुख रमा देवि राई, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कि, शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्याय, शिक्षा शाखा विद्यालय निरिक्षक ईन्द्र प्रसाद दहाल, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहाल लगायत नगरपालिकामा रहेका विभिन्न शैक्षिक संस्थाका प्रधानाध्यापकहरुको उपस्थितिमा सो निर्णय भएको हो ।