बूढानीलकण्ठ नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरूलाइ धानकाे मुल बिउ (खुमल-४, खुमल-८) र  इलेक्ट्राेनिक स्प्रेयर वितरण गर्दै छ । नगरपालिकाकाे आ.व. २०७७/०७८ काे स्विकृत आन्तरिक कृषि विकास शाखाकाे कार्यक्रम अन्तर्गत कृषक, कृषक समूह एवं कृषि सहकारी संस्थाहरूलाइ कुल  १.५ टन धानकाे मुल बिउ र  ६० थान इलेक्ट्राेनिक स्प्रेयर आवश्यक्ता अनुसार वितरण गरिदै छ ।

 

धानकाे मुल बिउकाे लिनकाे लागी आवश्यक कागजातहरूः

१. सम्बन्धित वडाकाे सिफारिश (१० के.जी. सम्म मात्रै बिउ आवश्यक परेमा वडामाे ससफारिश र लाल पूर्जाकाे आवश्यक्ता नपर्ने )

२. कृषक, कृषि फार्म, कृषक समूह सहकारी तथा फार्म दर्ता नविकरण पत्रकाे प्रतिलिपि

३. सहकारीकाे हकमा प्यान तथा कर चुक्ताकाे प्रतिलिपि र कृषक समूह सहकारीकाे निर्णयकाे प्रतिलिपि

४. निवेदककाे नेपाली नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि

इलेक्ट्राेनिक स्प्रेयर लिनकाे  काे लागि आवश्यक कागजातहरूः

१. सम्बन्धित वडाकाे सिफारिश 

२.  कृषक समूह सहकारी तथा फार्म दर्ता प्रमाण पत्र, नविकरण प्रतिलिपि र कृषक समूह सहकारीकाे निर्णय प्रतिलिपि

३. प्यान तथा कर चुक्ताकाे प्रतिलिपि

४. खेति गरिएकाे जग्गाकाे लालपुर्जाकाे प्रतिलिपि

५. जग्गा भाडामा लिएकाे भए करार सम्झाैताकाे प्रतिलिपि

६. निवेदककाे नागरिकताकाे प्रतिलिपि

इच्छुक कृषक, कृषक समूह एवं कृषि सहकारी संस्थाहरूलाइ वैशाख १८ गते भित्रमा आवश्यक कागजातका साथ नगरपालिकाकाे कृषि विकास शाखामा आइ आवेदन दिनु हुन हार्दिक अनुराेध गरिन्छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय