बूढानीलकण्ठ नगरपालीका पशु सेवा शाखाबाट कृषि दाना र उत्पादन वस्तुहरु परीक्षण हुन लागेको छ ।
नगरपालीका अन्तरगत १३ वटै वडाहरुमा व्यवसायीक तथा निर्वाहमुखि पशुपन्छी पालन गरी व्यवसाय संचालन गरी राख्नु भएका कृषकहरुले आफुले खुवाई राख्नु भएको दाना र उत्पादन गरेको दुधको गुणस्तर परीक्षण गरीने भएको हो ।
वैज्ञानिक प्रविधिबाट हुने परीक्षणमा तपसिलको स्थान, मिति, र समयमा निम्न मात्रामा दाना तथा दुधको नमुना ल्याएर परीक्षण गराई मौकाको फाईदा लिनु हुन सम्पूर्ण कृषक, कृषक समुह तथा कृषि संस्थाहरुलाई पशु सेवा शाखा प्रमुख काजि श्रेष्ठले अनुरोध गर्नु भएको छ । राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरीहरभवन बाट आउनुहुने विज्ञहरु बाट वैज्ञानिक उपकरण र प्रविधिमा परीक्षण हुने जानकारी उहाँले दिनु भएको छ ।
समय तालीका
स्थान : बूढानीलकण्ठ नगरपालीका पशु सेवा शाखा चपली, धुम्ती
समय : बिहान ८: ०० बजे देखि २: ०० बजे सम्म
मिति : २०७८ साल बैशाख ९ गते
ल्याउनु पर्ने नमुनाको मात्रा :- दाना २०० ग्राम ( उत्पादित कम्पनिको नाम र बनेको मिति समेत दुध:- २०० एम. एल. (सफा सिसि वा प्लास्टिकको भाडामा)