
बूढानीलकण्ठ नगरपालिकामा वेल्डिङ तालिम सञ्चालन हुन लागेको छ ।
बूढानीलकण्ठ नगरपालिकाको समन्वय र ओल्गापुरी सोसल ईन्टरप्राईजको सहकार्यमा वडा नं. १० कपनमा ओल्गापुरी भोक्यासनल स्कुलले २० जनाको लागि निशुल्क तिन महिने (३९० घण्टा) को वेल्डिङ तालिम सञ्चालन गर्न लागेको हो ।
३ महिना सम्म सञ्चालन हुने यस तालिमको लागि नगरपालिकाका प्रत्येक वडाबाट २ जनाको दरले वेल्डिङ सिक्न ईच्छुक तथा बेरोजगार अवस्थामा रहेका व्यक्तिहरुलाई बैशाख ९ गते भित्र नगरपालिका रोजगार सेवा केन्द्रमा पठाउनुहुन अनुरोध गरिएको छ ।
साथै बूढानीलकण्ठ नगरपालिकाको रोजगार सेवा केन्द्रमा सुचिकृत भएकालाई प्राथमिकतामा राखिने व्यहोरा केन्द्रले जानकारी दिएको छ