
बूढानीलकण्ठ नगरपालिका र चेनजिङ्ग स्टाेरीज नेपाल (CS Nepal) काे सहकार्यमा हुन गइरहेकाे “अवसर” परियाेजनाकाे अभिमुखिकरण कार्यक्रम वैशाख २ गते सम्पन्न भएकाे छ । यस कार्यक्रममा नगरपालिकाका विषयगत शाखाका प्रतिनिधिहरू र ६ विद्यालयका प्रधानअध्यापकहरू सँग चेनजिङ्ग स्टाेरीज नेपालका फेलाेहरूकाे (CS Nepal Fellow) परिचय गराइएको थियो ।
यसका साथै, काेभिड-१९ काे बढ्दाे जाेखिमलाइ मध्यनजर गर्दै याेजना कार्यान्वयनका विषयमा विस्तृत छलफल पश्चात सुरक्षाकाे जरूरी मापदण्ड अपनाइ कक्षाहरू शिग्रै संचालन गर्ने निर्णय भएकाे छ । यस याेजना अन्तर्गत नगरपालिका भित्रकाे ६ वटा विद्यालयहरूमा १० जना चेनजिङ्ग स्टाेरीज नेपाल फेलाेहरूलाइ (CS Nepal Fellow) परिचालन गरिने छ ।
प्रत्यक फेलाेलाइ १ समूहकाे जिम्मा दिइएकाे छ । १ समूहमा १५ विद्यार्थीहरूलाइ राखी द्रुत सिकाई काेर्ष (Accelerated Learning Course) उपलब्ध गराइने छ । नाैलिन मा.वि. मा २ समूह, जन उद्धार मा. वि. मा १ समूह, बूढानीलकण्ठ मा.वि. मा २ समूह, गणेश मा.वि मा १ समूह., बालकुमारी आधारभूत विद्यालयमा २ समूह र बाल उद्दार मा.वि. मा २ गरि व.जम्मा १० समूह रहेका छन।
फेलाेहरूले पाँच महिना सम्म दिनकाे २ घण्टा कक्षा लिइ, कक्षाकोठा भित्र र बाहिर विद्यार्थीहरूलाई आधारभूत साक्षरता र संख्या सीप प्राप्त गर्नमा साह्यता गर्नेछन ।