२०७८ साल वैशाख २ गते स्थानीय जनगणना कार्यालयकाे नगरप्रमुख उद्धव प्रसाद खरेलद्वारा दिप प्रज्वलन गरि उत्घाटन गरिएकाे छ । “मेराे गणना मेराे सहभागिता” नाराका साथ नगरप्रमुखले वैशाख २ गते देखि बूढानीलकण्ठमा १२ औँ राष्ट्रिय जनगणना सुरू भएकाे घाेषणा गरेका छन ।
स्थानीय जनगणना कार्यालय चपलीस्थित पशु क्वारेन्टाइन कार्यालय परिसर भित्र रहने छ । संघीय सरकारकाे मार्गदर्शन बमाेजिम यस कार्यालयमा १ अधिकृत, २ सहायक र १ कार्यलय सहयागी गरि ४ जना कर्मचारी रहने छन ।
वि.स. १९६८ मा पहिलाे पटक नेपालमा जनगणना गरिएकाे थियाे । १०/१० वर्षकाे अन्तरालमा हुने गरेकाे जनगणना हालसम्म ११ पटक सम्पन्न भइसकेकाे छ । निर्वाचन क्षेत्र निर्धारण गर्न, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न, केन्द्र देखि स्थानीय स्तरकाे याेजना तर्जुमा गर्न, विभिन्न राष्ट्रिय लक्ष्यकाे सुचकाे मापन गर्न र अन्य थुप्रै राजनितिक, आर्थिक तथा सामाजिक कार्यहरूमा पनि राष्ट्रिय जनगणनाले विशेष साह्यता गर्दछ ।
राष्ट्रिय जनगणनाकाे आवधिक अभियान सबैलाइ महत्वपूर्ण भएकाे बताउदै नगरप्रमुखले उपस्थित सम्पूर्ण वडा अध्यक्षहरू, प्रमुख प्रशासकिय अधिकृत लगायत नगरपालिकाका विषयगत शाखा कर्मचारीहरू र सम्बन्धित व्यक्तिहरूलाइ जनगणनाकाे लागि सहकार्य र सहयाेग गर्न आग्रह गरेका छन् ।