बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ को कालिका पार्कमा राष्ट्रिय-ध्वजा फहरिएको छ ।

नव निर्मित कालिका पार्कको आकर्षणलाई थप उजागर गर्न मद्दत पुर्याउने राष्ट्रिय-ध्वजा अथवा राष्ट्रिय झण्डाको नव बर्ष २०७८ को उपलक्ष्यमा नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल र उपप्रमुख रमा देवि राईले संयुक्त रुपमा ध्वजोत्तलन गर्नु भएको छ ।

वडा नं ०२ अध्यक्ष राजेन्द्र खड्का, सदस्य राजेन्द्र श्रेष्ठ, वडा सदस्य ज्ञानु कार्की, गैरसरकारी संस्था महासंघ काठमाडौं अध्यक्ष प्रदिप डंगोल, ध्रुवतारा बोर्डिङ विद्यालय  प्रधान्याध्यापक जे.एस. पौडेल लगयात स्थानीयको उपस्थितमा  २६ फिटको फलामे रडमा १३ फिट अग्लो  राष्ट्रिय- झण्डा फहराइएको हो ।

मुलुकको पहिचान, नेपालि राष्ट्रिय-झण्डाको महत्व र राष्ट्रिय चिन्हहरूको आवश्यकता झल्काउन  सार्वजनिक स्थान, पार्क, मंदिर जस्ता ठाँउमा राष्ट्रिय झण्डा फहराउने अभियान सुरु गरिएको  वडा नं ०२ सदस्य राजेन्द्र श्रेष्ठले  जानकारी दिनु भयो ।

सोहि दिन वडा नं १३ को भद्रकाली पार्कमा पनी ८ फिटे लामो राष्ट्रिय झण्डा राखिएको छ । यस संगै बूढानीलकण्ठ मंदिर, महादेव डाँडा, चिसेनी डाँडा, तौलुङ चौतारा जस्ता विभिन्न स्थानहरुमा झण्डा राखिने तयारी  भईरहेको अभियानको नेतृत्व गरिरहनु भएका श्रेष्ठले बताउनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय