बूढानीलकण्ठ नगरपालिका स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र डढेंलो लागेकाे ४ दिन नबित्दै आज दाेस्राे पटक सिमल डाँडाकाे पूर्व पट्टिबाट सुरू भएकाे डढेंलो ताैलुङ वरीपरी  निकुञ्ज क्षेत्रमा फैलिएकाे छ । यस क्षेत्रमा चैत्र २६ गते पनि डढेंलो लागेकाे थियाे ।

आइतबार बिहान करिब १२ बजे देखी लागेकाे डढेंलो दिउसाे ४ बजे तिर स्थिर अवस्थामा ल्याइएकाे छ ।

निकुञ्जको दमकल पहुँच नभएको चुनौतिपूर्ण क्षेत्रमा आगलागि भएको कारण विपद् जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण प्रशिक्षण लिएका नगर प्रहरी, रेड क्रस च्याम्पियन्स टोली लगायत नेपाल सेनाका साथै स्थानीय नगरवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जंगल- पानी मुहानको स्रोत, स्याउला, कपडा जस्ता बिधी प्रयोग गरी आगो नियन्त्रण गरेका थिए ।

यसका साथै,  सिम्रिक ऐयरले हेलिकप्टरबाट २० पटक (१ पटकमा १००० लिटर) पानी फालेर अग्नी नियन्त्रणमा साह्यता पुर्याएका थिए ।

 

धेरै हावा चलेकाे कारण डढेंलो द्रुत गतिमा फैलिएकाेले नियन्त्रण गर्न धेरै समय, स्रोत र जनशक्ति लागेकाे र डढेंलो पूर्ण रूपमा नियन्त्रमा हैन कि स्थिर अवस्थामा मात्रै रहेकाे स्थानीय बिजय सिंह लामाले बताउनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय