बूढानिलकण्ठ । बिहिबार
शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा आगलागि नियन्त्रण गरिएको छ । बिहिबार निकञ्ज क्षेत्रको आनि गुम्बा क्षेत्रमा अपरान्ह ३ बजे देखी सल्किएको आगो नेपाल सेना र नगर प्रहरीको संयुक्त टोलिले नियन्त्रण गरेको हो । आगो समयमै नियन्त्रण नगरिएको भए निकुञ्ज क्षेत्रमा ठुलो क्षति हुने टोलिले बताए ।
निकुञ्जको दमकल पहुँच नभएको चुनौतिपूर्ण क्षेत्रमा आगलागि भएको कारण विपद् जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण प्रशिक्षण लिएका नगर प्रहरी, रेड क्रस च्याम्पियन्स टोलि लगायत नेपाल सेनाले जंगल-पानि मुहानको स्रोत, स्याउला, कपडा जस्ता बिधी प्रयोग गरी आगो नियन्त्रण गर्न सफल भएको थियो ।
आगो नियन्त्रण गर्न सिमलिगाँउ युवा कल्ब, तौलुङ् युवा क्लब लगायत स्थानीयको पनी मुख्य भुमिका रहेको नगर प्रहरी प्रमुख रमेश कुमार खतिवडाले जानकारी दिनु भयो ।
यस कार्य प्रति नगरप्रमुख उद्दव प्रसाद खरेलले आगलागि नियन्त्रण गर्न मद्दत गर्ने टोलिलाई धन्यवाद दिँदै यस्ता विपदको स्थितिमा अझै सतर्क भई प्रतिकार्यको लागि तयार हुन आग्रह गर्नु भएको छ ।