काठमाडौं। बुढानीलकण्ठ नगरपालिकामा मतदाता शिक्षा स्वयंसेवकहरूका लागि “मतदाता शिक्षा विशेष कार्यक्रम” सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षालाई प्रभावकारी, व्यवस्थित र पहुँचयोग्य बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सचेत, जिम्मेवार र सूचित मतदाता आवश्यक रहेको उल्लेख गर्दै स्वयंसेवकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले घरदैलो तथा समुदायस्तरमा मतदाता शिक्षाको सन्देश पुर्‍याउन आग्रह गर्दै निष्पक्ष र मर्यादित ढंगले अभियान सञ्चालन गर्न सुझाव दिए।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले मतदाता शिक्षा अभियानलाई प्रभावकारी बनाउन आवश्यक समन्वय, तथ्यपरक सूचना प्रवाह तथा आचारसंहिताको पालना अपरिहार्य रहेको धारणा राखे। उनले स्वयंसेवकहरूलाई निर्वाचन सम्बन्धी कानुनी प्रावधान, मतदान प्रक्रिया तथा मतदाताको अधिकार र कर्तव्यबारे स्पष्ट जानकारी दिन जोड दिए।

कार्यक्रममा सहभागी स्वयंसेवकहरूलाई प्रशिक्षण, छलफल तथा अन्तरक्रियामार्फत व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। नगरपालिकाले मतदाता शिक्षालाई व्यापक बनाउन विभिन्न सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय