बूढानीलकण्ठ नगरपालिका आफ्नै केन्द्रीय प्रशासनिक भवनमा विधिवत सरेको छ । ०७१ सालमा बनेका नगरपालिकामध्ये आफ्नै भवनमा सर्ने बूढानीलकंठ नगरपालिका पहिलो नगरपालिका बनेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक विशिष्ट कार्यक्रमबीच नगरपालिका भवनको उद्घाटन गरे । प्रमुख अतिथि पोखरेलले नागरपालिकाको समृद्धि तथा विकास भनेको नगरवासीको जीवनगतिले मापन गर्ने बताउदै जनप्रतिनिधिले जनतालाई सर्वोपरि ठानेर काम गर्नुपर्ने बताए ।

बिभिन्न सांसदहरू, बिभिन्न नगरपालिकाका मेयरसहित ५०० भन्दा धेरैको सहभागिता रहेको कार्यक्रमलाई काठमाण्डौ महानगरपालिका मेयर विद्यासुंदर शाक्यले सम्बोधन गरेका थिए । कार्यक्रमको सभापतित्व नागरपालिकाका मेयर उद्धव खरेलले थिए भने नगर प्रवक्ता नवराज भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।

१० करोड़ रुपैया लगानीमा बनेको नगरपालिकाको प्रशासनिक भवन २४ रोपनी क्षेत्रफल जमीनमा फैलिएको छ । बेसमेन्टबाहेक ३ तले भवनलाई अपांग मैत्री बनाइएको छ । बाहिरी बगैचा र भित्री इंटेरियरको काम भैरहेको छ भने लिफ्ट हाल्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय