बुढानीलकण्ठ नगरपालिकाको प्रसिद्ध धार्मिक क्षेत्र चण्डेश्वरीमा आजकाल चहलपहलले रौनक छाएको छ ।  प्राकृतिक र धार्मिक वातावरणमा पर्यटकीय आनन्द बटुल्न ठूलो संख्यामा पर्यटकहरु अहिले चण्डेश्वरीलाई गन्तब्य बनाउन थालेका छन् ।

रमणिय दृश्य, बन जंगलले घेरिएको प्राकृतिक भुभाग, पिकनिक स्थल, बूढानीलकण्ठ नगरपालिका लगायत काठमाडौं क्षेत्र अवलोकन गर्न मिल्ने मनोरम दृश्यान्तर , निकुञ्ज द्वार लगायत खुल्ला बाटो जस्ता प्रमुख आकर्षणले गर्दा पर्यटकहरुको भिडले यस क्षेत्रको स्वरुप बदलेको छ । अघिल्लो वर्षको तुलनामा तेब्बर बढी पर्यटक चण्डेश्वरी क्षेत्र पुग्ने गरेको पाईएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको साँच्चीकै मनमोहक र रमाइलो चण्डेश्वरी क्षेत्रको परिवर्तनमा भुमिका खेल्ने धेरै संरचनाहरु निर्माण भएका छन् । यि मध्य प्रमुख भुमिका खेलेको छ हालै स्तरोन्नति भएको  चण्डेश्वरी देखि नाराणस्थान सम्म जोड्ने फराकिलो बाटोले ।

 

 

बूढानीलकण्ठ नगरपालिका वडा नं ०४ मा रहेको चण्डेश्वरी क्षेत्र अर्थात पस्चिमि पासिकोट देखि लिपिकोट हुदै टुसाल सम्मको भुभागलाई विगतमा फर्किएर हेर्दा २०५१ सालसम्म मोटरबाटो तथा अन्य सुबिधाबाट पिछडिएकोले त्यतिबेला काठ्माडौको बिकट क्षेत्र मानिने गरिएको  स्थानिय बताँउछन् ।

भिर पहिरो जोखिममा रहेको गोरेटोबाटो प्रयोग गर्दा कठिन परिस्थितिबाट गुज्रनु पर्ने अवस्था भएकोले २०५१ सालमा सथानीयको पहलबाट यस क्षेत्रको गोरेटो बाटोलाई मोटरबोटोमा बिस्तार गरिएको थियो । गोरेटो बाटोबाट मोटरबोटोमा बिस्तार भएता पनी बाटोको स्तरोन्नति हुन नसक्दा उक्त क्षेत्रका स्थानीहरु आवत-जावत लागि बैकल्पिक लामो दुरिको बाटो प्रयोग गर्नु पर्ने बाध्यता र आकस्मिक अस्पताल सेवाको लागि बिरामिलाई डोको, स्ट्रेचर, तन्नामा बोकेर अस्पताल सम्म लानु पर्ने संघर्ष गर्नु पर्ने परिस्थिति उस्तै रह्यो ।

यस क्षेत्रको सुधारको निमित्त बाटो चौडाई गरि सडक स्तरोन्तति गर्नु पर्ने आवश्यक्तालाई मध्यनजर गर्दै २०६१ सालमा बाटो २० मिटर चौडाईमा विस्तार गर्ने योजना बन्यो । तर बिभिन्न कारणवस २०६१ सालको योजना पुर्ण रुपमा कार्यनवयन हुन सकेन ।

२०७४ सालको स्थानीय चुनावबाट जनप्रतिनिधि निर्वाचित भएर आईसकेपछि स्थानीयको गुनासो र समस्यालाई सुनुवाई गर्न यस क्षेत्रको बाटो एजेण्डालाई प्राथमकितामा राखिएको थियो । स्थानीयवासीलाई आफुले दिएको प्रतिवद्दतालाई पुरा गर्न वडाको पहल र समन्वयमा दशकौ देखि स्थगित रहेको बाटो स्तरोन्नतिको कामलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको आर्थिक सहयोगबाट सम्पन्न गरिएको वडा अध्यक्ष राजु खड्का बताउनुहुन्छ । यस बाटोको ‌लागि ‌प्राधिकरण संग योजनाको पहल गर्न   उप-प्रधानमन्त्री इश्वर पोखरेल तथा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेलको पनि मुख्य भुमिका रहेको उहाँले थप्नुभयो ।

चण्डेश्वरी देखि नारायणस्थान जोड्ने १.७५ कि.मी बाटो बिस्तार भए संगै कालोपत्र र बाटोको आवश्यक खण्ड ( चण्डेश्वरी मंदिर उकालो र लिपिकोट उकालो ) मा ६७५ मिटर ढलान गरिएको छ ।

बाटो स्तरोन्नति भए संगै यस क्षेत्रमा स्थानीयहरु बाटो सुबिधाबाट लाभान्वित भईरहेको महसुस गरेका छन् । घर अगाडीनै मोटर गुड्ने भएकोले बिरामिलाई अब स्ट्रेचरमा बोक्न नपर्ने भन्दै ७२ बर्षिया आमा खुसी हुनु भएको छ ।  अब हामि हिड्न नसक्नेलाई सार्वजनिक यातायातको सुविधा पनि भईदियो भने झन सजिलो हुने थियो भन्ने गुनासो उँहा गर्नुहुन्छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय